सुदामेरिकानाहरूकै बोलवाला
अंग्रेजी र हिन्दी साहित्यका पाठकहरूले रुचिपूर्वक पढ्ने लेखक हुन्– रस्किन बोन्ड । मूलतः आफूलाई ‘फिक्सन राइटर’ मान्ने यी वृद्ध लेखक अहिले आठौं दशकको मध्यतिर हिँड्दैछन् । अचेल पनि लेखनमै तल्लीन छन् । केही वर्षपूर्व उनले एउटा हिन्दी पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा एउटा तीतो स्वीकारोक्ति गरेका थिए, ‘पचास, साठी र सत्तरीको दशकमा म धेरै नै लेख्थें तर मेरो कुनै पहिचान थिएन । तत्कालीन समयमा मैले आफूलाई लेखक मान्नेमा चासो पनि दिइनँ । तर, पछिल्लो १५–२० वर्षमा मेरा पाठकहरू बढे । केही कथा स्कुल–कलेजको पाठ्यक्रममा सामेल भएपछि मलाई युवा पाठकहरूले चिने ।’
उनले भनेका छन्, ‘सपस्लता बिस्तारै–बिस्तारै आउनु नै राम्रो हो ।’ करिब ५ सय कथा–निबन्ध र ६–७ वटा उपन्यास रचिसकेका बोन्ड आज विश्वकै प्रख्यात र बजार जमाएर बसेका प्रकाशकहरूका रुचिमा छन् । पेन्गुइनलगायत चर्चित प्रकाशन गृहहरूले उनका कृतिलाई प्रकाशन गर्न चाहनु अहिले सामान्य बनिसकेको छ । कतिपय भारतीय प्रकाशन गृहहरूले पनि उनका कृतिको प्रकाशनलाई प्राथमिकताको पहिलो सूचीमा राख्दै आएका छन् । तर, साठी–सत्तरीको दशकमा अंग्रेजीमा प्रकाशित आफ्ना पुस्तकहरू बिक्री नहुने गरेको तीतो यथार्थ उनले स्विकारेका छन् र भनेका छन्, ‘अंग्रेजीमा मेरा किताबहरू बिक्री भइरहेका थिएनन् भने हिन्दीका प्रकाशकहरूले किन मेरा किताबहरू प्रकाशन गर्न रुचि लिन्थे ।’ प्रकाशकका नजरमा नपरेका वा प्रकाशकहरूबाट अस्वीकृत भएका कतिपय विश्वप्रसिद्ध लेखकहरूका संघर्ष–कथा पढेका छौं, हामीले । प्रकाशकहरूले प्रकाशनका निम्ति अस्वीकृति जनाएका लेखक÷कृतिहरूले पछिल्लो समय तहल्का पिटेका दृष्टान्तहरू पनि छन्, कैयांै । त्यसका निम्ति नोबेल पुरस्कार विजेता कोलम्बियाली उपन्यासकार ग्रावियल गार्सिया मार्केजले भोग्नुपरेका उल्भस्न नै पर्याप्त छ ।
सन् १९६५ मा प्रकाशित मार्खेजको उपन्यास ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’ विश्व–साहित्यका यस्ता कृतिको गणनामा पर्छन्, जसले विश्व–साहित्यको मानचित्रलाई नै बदलिदिएको ठान्छन्– साहित्य–पारखी र समालोचकहरू । १८ महिनाको कठोर साधनापछि जन्मिएको उत्तर उपन्यास आउनुअघि मार्खेजले आफ्ना अरू पूर्ववर्ती पुस्तकहरूका प्रकाशक धेरै मुस्किलले पाएका थिए । सो उपन्यास प्रकाशनमा ल्याउनुपूर्व मार्खेजले आफ्ना केही निकटस्थ साथीहरूलाई पढ्न दिएका थिए, ताकि कुनै प्रतिक्रिया आओस् । त्यही सिलसिलामा मार्खेजले आफ्ना प्रिय साथी प्लिनियो मेन्दोजालाई पनि सो उपन्यास दिएका थिए । मेन्दोजाले त सो उपन्यास पढ्नका निम्ति अफिसबाट बिदासमेत लिएका थिए । उपन्यास पढिसकेपछि उनले आफ्नी पत्नीलाई भने, ‘अब भने मार्खेजले साँच्ची नै बाजी मार्छ ।’
त्यही समय उपन्यास प्रकाशन हुनुपूर्व मार्खेजले एउटा अखबारमा लेख लेख्दै लेखन–कार्यको कठिनाइलाई महसुस गर्दै लेखेका थिए, ‘पुस्तक लेख्नु आफैंमा एउटा आत्मघाती व्यवसाय हो । कुनै अरू पेसा यस्ता छैनन्, जसमा यसमा जति धेरै श्रम र धेरै एकाग्रताको माग होओस्, जसमा तात्कालिक कुनै लाभ होस् ।’ मार्खेजको सो उपन्यास प्रकाशन गर्न अर्जेन्टिनाका प्रख्यात प्रकाशक सुदामेरिकाना तयार त भए तर उनले संशय प्रकट गर्न भने छाडेनन्, ‘यी कस्ता लेखक हुन् । मैले ल्याटिन अमेरिकाका प्रायः सबै लेखकलाई चिन्छु । तर, यिनको त मैले नाम नै सुनेकै रहेनछु ।’
हुन पनि प्रायः प्रकाशकहरूले लेखकका नाम सुनेकै हुँदैनन् । लेखनमा भर्खर पाइला चालेका प्रतिभावान् लेखकहरूका त नाम नै सुनेका हुँदैनन् । जुनसुकै मुलुकमा पनि लेखकको नाम नसुन्ने, नचिन्ने सुदामेरिकानाहरू प्रशस्तै हुन्छन् । तर, सुदामेरिकानाहरूले नसुने पनि आखिर एकदिन न एकदिन मार्खेजहरू भने चम्किएरै छाड्छन् र तिनका कृतिहरू आमपाठकको मन–मस्तिष्कमा जम्नबाट कसैले रोक्न सक्दैनन् ।
हामीकहाँ पनि सुदामेरिकानाहरू प्रशस्तै छन् । सौभाग्य भनौं, हामीकहाँ सुदामेरिकानाहरूले लेखकहरूलाई चाहिँ चिनेका छन् । अघिल्लो र पछिल्लो दुवै पुस्ताका लेखकलाई । तर, दुर्भाग्य– लेखकलाई चिने पनि उनीहरूले गुणवत्ताले भरिएका कृतिहरूलाई भने अझै चिन्न सकेका छैनन् । कुनै स्थापित लेखकका कृतिको प्रकाशनको जिम्मा नलिऊँ भने अरू नै प्रकाशकले उम्काउलान् भन्ने डर एकातिर छ भने छापौं भने गुणवत्तामा सम्झौता गर्नुपर्ने अवस्था छ । गुणवत्तामा सम्झौता गर्नु भनेको पाठकलाई सोह्रै आना ठगठाग गर्नु हो ।
तर, कुनै सन्देह छैन– मार्खेज र बोन्डहरूलाई आम पाठकको पहुँचमा पु¥याउने कार्य भने प्रकाशकहरूले नै गरेका हु्न् । प्रकाशकहरूले नापस–घाटाको तराजु लिएर नबसेका भए मार्खेज र बोन्डहरू पाठक वृत्तमा सहज रूपमा चम्किने थिएनन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply