अन्योलले शिक्षा दिवस नै मनाइएन
काठमाडौं । प्रधानमन्त्री र मन्त्रीबीच तारतम्य नमिल्दा यो वर्षको राष्ट्रिय शिक्षा दिवस मनाइएन । अघिल्ला वर्षहरूमा भने सेप्टेम्बर ८ तारिख (भदौ २३) गते यो दिवस मनाउँदै आएको थियो ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यो दिवस सेप्टेम्बर ८ तारिख नभई अरू कुनै दिन मनाउने गरी प्रस्ताव तयार पारेका थिए । सोही सिलसिलामा केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकमा उनले प्रस्तावसमेत गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने ‘त्रिभुवन विश्वविद्यालय स्थापना भएको दिन मनाउँदा हुन्छ’ भनेर प्रस्ताव गरेका थिए । प्रधानमन्त्री ओलीको प्रस्तावपछि शिक्षामन्त्री पोखरेलले ‘त्रिवि स्थापनाको दिन मनाउँदा सान्दर्भिक हुँदैन, त्रिवि त उच्च शिक्षासँग जोडिने विषय हो, कुनै विद्यालय स्थापना भएको दिन वा अरू सन्दर्भमा मनाउँदा उपयुक्त हुन्छ’ भनेर भनेका थिए ।
शिक्षामन्त्री पोखरेलले केही दिन प्रस्तावसमेत गरेका थिए । त्यसमा दरबार हाईस्कुल स्थापना भएको दिन, महोत्तरीको मटिहानी संस्कृत पाठशाला स्थापना भएको दिन, शिक्षासम्बन्धी पहिलो कानुन (इस्तिहार) जारी भएको दिन, राष्ट्रिय शिक्षा नीति जारी गरिएको दिनलगायत अरू ऐतिहासिक दिनहरूलाई प्रस्ताव गरेका थिए । तर, प्रस्तावित दिनहरूमध्ये कुनैमा पनि टुंगो लागिसकेको छैन ।
पहिला हरेक वर्षको फागुन १२ गते शिक्षा दिवस मनाइँदै आएको थियो । यो २०३१ सालदेखि नै मनाउँदै आएको हो । पछिल्लो समय २०६२÷६३ को आन्दोलनपछि भने त्यो दिनमा शिक्षा दिवस मनाउन खारेज गरियो । २०६४ सालपछि भने अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिनमा नै राष्ट्रिय शिक्षा दिवस मनाउन थालियो । तर, अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिन मनाउँदा एकै दिन दुइटा दिवस मनाउन उपयुक्त नहुने ठानेर नेपालको शिक्षासम्बन्धी कुनै ऐतिहासिक दिन पारेर नै मनाउने टुंगो लगाइएको थियो । तर, समयमै प्रस्तावित हुन नसक्दा यस पटक भने राष्ट्रिय शिक्षा दिवस नमनाइएको हो ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply