शम्भुलाई गोपालदास पत्रकारिता पुरस्कार
काठमाडौं । यस वर्षको प्रेस काउन्सिलगोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादकशम्भु श्रेष्ठले प्राप्त गरेका छन् । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकउत्सवको अवसरमामङ्गलबार राष्ट्रपति कार्यालय शीतलनिवासमावार्षिकोत्सव समारोह गरी पुरस्कार प्रदानगरिएको हो ।
प्रेस काउन्सिलकापूर्वअध्यक्ष स्व. गोपालदास श्रेष्ठको स्मृतिमा स्थापनागरिएको कोषबाट हरेक वर्ष पुरस्कार वितरण गरिँदै आएको छ । १ लाख ५१ हजार राशिको पुरस्कार गतवर्ष हाँक साप्ताहिकका सम्पादकगोविन्दबहादुरथापालाई प्रदानगरिएको थियो । यसवर्षको १ लाख १०हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाकाअर्जुन बोहोरालाई प्रदानगरिएको छ । उनीपत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष हुन् ।
यसैगरी ५० हजार राशिको प्रेस काउन्सिलआचारसंहिता पुरस्कार सेतोपाटी डटकम (काठमाडौँ) लाई दिइएको छ ।यसवर्षको प्रेस काउन्सिलक्रियाशीलपत्रकारिता पुरस्कारबाट गोविन्द क्षेत्री (झापा), राजनकार्की (काठमाडौँ), धर्मेन्द्र कर्ण (धनुषा), ऋषिधमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ) ले पाएका छन् ।
क्रियाशीलपत्रकारिता पुरस्कार जनही २० हजार राशिको छ । १५ हजार राशिको प्रेस काउन्सिलयुवापत्रकारिता पुरस्कारबाट यसवर्ष सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधवपौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजाअधिकारी (मकवानपुर), राजु वि.क. (सिरहा), कमलाश्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ताकमली (लमजुङ) पुरस्कृत भएका छन् । प्रेस काउन्सिल साहित्यिकपत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिकपत्रिकाका सम्पादकनवराज रिजाल र प्रेस काउन्सिलभाषागतपत्रकारिता पुरस्कारबाट वाम्बुले राई भाषाकालागिओखलढुङ्गा पत्रकार गणेश राईले पाएका छन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply