केपीमा किन गरियो ‘सट्याकसुटुक’ ?
काठमाडौं । धादिङको नौबिसेमा रहेको र केही समय बन्द अवस्थाको केपी सिमेन्टको सेयर गुपचुप ढंगले हेरफेर गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका सहोदर भाइ प्रभुशमशेर राणाका भिनाजु केशव उप्रेतीले सो कम्पनीका अधिकांशका सेयर आफ्नो नाममा ल्याएका हुन् । सो कम्पनीमा प्रभुशमशेरका भिनाजु केशव उप्रेतीका साथै मारवाडी गोविन्द सहरिया, छविलाल भुसाल र भुसालका छोरीज्वाइँसमेतका नाममा गरी करिब ५० प्रतिशत सेयर रहेको थियो । उक्त कम्पनीका सञ्चालकमध्ये भुसाल समस्याग्रस्त पिपुल्स फाइनान्सका संस्थापक हुन् । तर, पछिल्ला दिनमा अर्थात् करिब नौ महिनाअघि अन्य व्यक्तिहरूको सेयरसमेत प्रभुशमशेर राणा र पत्नी नम्रता राणाको नाममा थपिएको छ । कम्पनी रजिस्ट्रार कार्यालयको रेकर्डअनुसार २०७६ पुस २० मा राणाले ५ लाख २३ हजार ४ सय ६८ कित्ता अर्थात ५ करोड २३ लाख ४६ हजार ८ सय रुपैयाँबराबरको सेयर आफ्नो नाममा थप्न भ्याएका छन् । यसैगरी श्रीमती नम्रता राणाको नाममा पनि २ लाख १७ हजार ४ सय ३५ कित्ता अर्थात् २ करोड १७ लाख ४३ हजार ५ सय रुपैयाँ बराबरको सेयर थपिएको छ । स्रोतका अनुसार उक्त कम्पनीका सञ्चालकमध्ये भुसाल समस्याग्रस्त पिपुल्स फाइनान्सका संस्थापक हुन् । उक्त फाइनान्सको जनताको निक्षेप संकलन गरी अन्यत्र खर्च गरी सो फाइनान्सलाई टाट बनाएको भुसालले नै हो । भुसालविरुद्ध बैंकिङ कसुरको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । सो मुद्दाबाट सफाइ पाउन भुसालले भित्रभित्रै प्रयास गरेको तर त्यसका लागि उनले सो कम्पनीको सेयर कम्पनी अध्यक्ष केशव उप्रेतीका नाममा नामसारी गरिदिनुपर्ने सर्त राखेको थाहा भएको छ । स्रोतका अनुसार भुसाल अभियुक्त भएकाले उनका नाममा रहेको सेयर अहिले हेरफेर गर्न नमिलेपछि छोरीज्वाइँको मात्रै सारिएको र मुद्दाबाट सफाइ पाउनासाथ उनको सेयर पनि हस्तान्तरण गरिने सहमति भएको सूत्रको दाबी छ । ती सेयरहरू राणाले आफ्नो नाममा ल्याएपछि सो कम्पनी सालाभिनाजुको एकलौटी हुने बताइन्छ ।
१० वर्षदेखि नियमित चलिरहेको र राम्रो कारोबार गरेको सो कम्पनी केही समयका लागि बन्द गरिएको छ । सेयर एकलौटी पार्नासाथ पुनः सञ्चालनमा ल्याइने बताइएको छ । मुद्दा सफाइ नपाइन्जेल भुसालको कारोबार रोक्का रहेकाले सेयर नामसारी हुन नसक्ने र जतिसक्दो छिटो फैसला टुंग्याउँदा सेयर नामसारी पनि छिटो हुने यो योजनाकारहरूको भित्री रणनीति रहेको बुझिएको छ । अहिले भुसालकी छोरी सरिना भुसाल, ज्वाइँ अर्चित गुप्ता सविना भुसालको सेयर भने राणाको नाममा आइसकेको देखिन्छ ।
पछिल्लो समयमा प्रहरीले नेपाल पिपल्स फाइनान्सको अनियमितताका अभियुक्तहरूलाई पनि खोजी गरिरहेको बेला भुसाललगायत फरार थिए । ४० करोडभन्दा बढी अनियमितता गरी फरार रहेका फाइनान्सका अध्यक्ष छविलाल भुसाललाई सीआईबी सक्रिय भएपछि पक्राउ गरिएको थियो ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply