रंगशाला निर्माणका लागि ३ करोड
हेटौंडा । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय हेटौंडामा एक कार्यक्रमका बिच आज मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रसंसा गर्नुभयो । रंगशाला निर्माणतीब्र गतीमा भएको भन्दै खुशी समेत व्यक्त गर्नुभएको छ । रंगशाला निर्माण परीयोजना छिटो सक्नका लागि शुभकामना दिनुभयो । सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने जानकारी दिनुभयो । रंगशाला निर्माणमा चुनौती धेरै रहेकोले जसरी पनि सफल बनाउनुपर्ने बताउदै यो गौरवको आयोजना भएको बताउनुभयो । सरकारले सहयोग जारी राख्ने बताउदै उहाँले भन्नुभयो –‘आगामी बर्षलाई पनि सरकार छ भन्ने सम्झनु ।’
यस्तै कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री युबराज दुलाल पÞmेरि पनि सरकारका तर्फबाट सहयोग हुने बताउनुभयो । परीकल्पना अनुसार सफलता लागि शुभकामना दिदै फाउन्डेसनलाई चुनौती पन्छएर अगाडि बढ्न सुझाव दिनुभयो । यसैगरी फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोग रकम बुझ्दै खुशीको दिन भएको प्रतिक्रिया दिनुभयो । सरकारले सहयोग गर्छ भन्ने अपेक्षा रहेको भन्दै जग्गा दिएर सुरु गरेको र हाल रकम सहयोग गरेकोमा धन्यवाद दिनुभयो । रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरीरहेको जानकारी पनि दिनुभयो । सहयोगी मनहरुले सहयोग गरीरहेको भएपनि लकडाउनले परिस्थिति जटील बनाएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो–‘अवस्था समस्याजनक छ तरपनी काम गर्दै छौ, बजारमा ७ करोड तिर्न बाकी छ । तरपनि हामीले हिम्मत हारेका छैनौं ।’ कार्यक्रममा प्रदेशका प्रमुख सचीव डा. मानबहादुर बिक, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक बिकास मन्त्रालयका सचिव दीपक काफ्ले सहभागी हुनुहुन्थ्यो ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
-
अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
-
मोफसलका ‘आँखा बा’
-
भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
-
तस्वीरमा उहिलेको पोखरा
-
एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
-
एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
-
देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
-
एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
-
चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
-
नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply