उद्योगीमा ढकाल समूहको अग्रता
काठमाडौं । उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा चन्द्रप्रसाद ढकाल समूहको अग्रता देखिएको छ । आगामी मंसिर ११–१३ गते काठमाडौंमा हुने महासंघको ५४औं वार्षिक साधारण सभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल चुनावी मैदानमा उत्रिएका छन् ।
कोरोना कहरबीच उद्योग व्यवसाय छटपटाइरहेको बेला व्यापारीहरूलाई महासंघको चुनावले छपक्कै छोपेको छ । यही मंसिर १३ गते हुने निर्वाचनपछि महासंघले आगामी नेतृत्व पाउनेछ । निजी क्षेत्रको ठूलो संगठनका रूपमा चिनिएको नेपाल उद्योग वाणिज्य महासंघको चुनावी महोलमा चन्द्र ढकाल समूह र किशोर प्रधान समूहबीच प्रतिस्पर्धा हुनेछ ।
तर जित भने ढकाल समूहले हासिल गर्ने उद्योगी व्यवसायीहरू बताउँछन् । सफल र खारिएका उद्योग व्यवसायीहरूबीच ढकाल चर्चाको शिखरमा छन् । नेपाली उद्योग व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा दुईपटक निर्विरोध निर्वाचित र एकपटक सबैभन्दा बढी मत ल्याएर विजयी भएर काम गरेको अनुभव ढकालसँग छ । सामान्य पसलबाट व्यवसाय सुरु गरेका ढकाल अहिले विशाल कर्पोरेट व्यवसायीदेखि मुलुककै सफल उद्योगीका रूपमा परिचित छन् । बागलुङको सामान्य परिवारमा जन्मिएका चन्द्रप्रसाद ढकाल साहसी र निडर व्यक्तित्वका रूपमा परिचित छन् । ढकालले देशकै पहिलो रेमिटेन्स कम्पनी आईएमईमार्फत औपचारिक रूपमा विप्रेषण भिœयाएर अर्थतन्त्रलाई बलियो बनाउन सफल बनेका छन् । आईएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालले ग्लोबल आईएमई बैंक, आईएमई जनरल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, आईएमई कोअपरेटिभ, चन्द्रागिरि हिल्स, आईएमई अटोमोटिभ्स, हिमालय पावर पार्टनर्स, माउन्टेन इनर्जी, शंकर अक्सिजनलगायत डेढ दर्जनभन्दा बढी व्यावसायिक संस्थाको नेतृत्व गरिरहेका छन् । महासंघ आम व्यवसायीहरूको हकहित संरक्षण गर्दै राज्यलाई पनि आर्थिक नीति निर्माणमा सहयोग पु¥याउन आफू नेतृत्वमा आउनु आवश्यक भएको ढकालले साथीभाइबीच बताउँदै आएका छन् । निजी क्षेत्रका वास्तविक समस्या बुझेको, राज्यसँग निजी क्षेत्रका भावना स्पष्टसँग राख्न सक्ने तथा आफैं पनि व्यवसायमा सबल र सफल व्यक्ति रहेकाले देशभरिका व्यवसायीहरूले आफूलाई नेतृत्वमा आइदिन अनुरोध गरेको ढकालको धारणा छ । अहिले प्रधान र ढकाल समूहले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । आफ्नो पक्षमा मत हासिल गर्न दुवै पक्ष जोडतोडले लागेका छन् । यद्यपि महासंघका अग्रजहरू सर्वसम्मत नेतृत्व छान्न कसरत भए पनि अब त्यो सम्भावना टरेको बताइन्छ । सर्वसम्मतका लागि ढकाल र प्रधान दुवैले दाबी गरेकाले त्यसो हुन नसकेको हो । ढकाल समूहको समर्थनमा अधिकांश जिल्ला नगर अध्यक्षहरू रहेका र ढकालकै पक्षमा लहर देखिएपछि उनको विजय निश्चित भएको बताइन्छ । महासंघमा बसेर व्यवसायीका मर्मलाई नजिकबाट बुझेका सबैका प्रिय ढकाल नेतृत्वका लागि अब्बल पनि छन् । गत चैतमा नै नयाँ नेतृत्व चयन गर्नुपर्ने महासंघमा कोरोना महामारीका कारण स्थगित हुँदै आएको हो ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply