सानीमा हाइड्रोको चरम लापरबाही
काठमाडौं । रामेछापको लिखु गाउँपालिकास्थित लिखु तेस्रो आयोजनामा कार्यरत एक मजदुरको अवस्था गम्भीर हुँदा पनि उपचारमा लापरबाही भएको छ । सानीमा हाइड्रोद्वारा निर्माणाधीन आयोजनामा काम गर्ने क्रममा २२ वर्षीय मजदुर सुरज तामाङ गम्भीर घाइते भएका हुन् ।
हाल ललितपुरको बीएन्डबी अस्पतालामा तामाङको उपचार भइरहे पनि अवस्था चिन्ताजनक रहेको बताइएको छ । तामाङको ग्रिल झार्ने क्रममा बुधबार बिहान गिटी, बालुवा र सिमेन्ट घोल्ने मेसिनमा ज्याकेटको बाहुला तानिएपछि हात छिनेको हो । त्यसपछि बिरामी बेहोस अवस्थामा रहेपछि आयोजनाका हाकिमहरूले भने तत्काल हेलिकोप्टर ल्याएर बिरामीको उपचारका लागि काठमाडौंमा झिकाउनुपर्नेमा त्यसो नगरी राति अबेर मात्र काठमाडौंमा ल्याएका हुन् ।
सेती खोला आसपास रहेको सो परियोजना स्थलबाट बिरामीलाई मन्थली ल्याउन नै करिब तीन घन्टा लागेको थियो । त्यहाँसम्म ल्याएर पनि आयोजनासँगै रहेका थुप्रै गाडीमध्ये कुनैमा नल्याई भाडाको सवारी खोजेर ढिलो गरी ल्याइएको हो । तारन्तर रक्तश्राव भइरहेको र हात पनि बीभत्स ढंगले छिनेको बिरामीलाई त्यति लामो समय गाउँमै राखेपछि आयोजनाले बिरामीको ज्यानसँग गम्भीर ढंगले खेलबाड गरेको स्थानीयहरू बताउँछन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply