टेलिकमको जाडोमा न्यानो अफर
काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर ल्याएको छ । यस योजनामा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा एफटीटीएच–जाडोमा न्यानो अफर स्वरुप उपलब्ध गराइएको टेलिकमले जनाएको छ । यो अफर गत पुस १ देखि कार्यान्वयनमा आइसकेको छ ।
एफटीटीएच (फाइबर टु द होम) लाइन जडान गरी २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेज लिने, पहिले लिइरहेको प्याकेजलाई २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेजमा स्तरोन्नती गर्ने तथा सोही प्याकेज एक वर्ष नवीकरण गर्ने ग्राहकको मोबाइलमा दैनिक ३०० एमबी डाटा उपलब्ध गराइने जनाइएको छ । त्यसैगरी एफटीटीएच जडानका लागि आवश्यक ऋएभ् र १०० मिटरसम्म ड्रप फाइबर समेत निःशुल्क उपलब्ध हुनेछ ।
यसका लागि ग्राहकले एफटीटीएच आवेदन फारामको ग्राहक सम्पर्क नम्बर (ऋगकतयmभच ऋयलतबअत ल्गmदभच) मा आफ्नो मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । यसअघि नै कायम रहेका ग्राहकले आफ्नो मोबाइल नम्बर नजिकको दूरसञ्चार कार्यालयमा उपलब्ध गराउन सक्नुहुनेछ । एफटीटीएच जडान भएपश्चात् सो नम्बरमार्फत ८ज्ञद्धज्ञट३ डायल गरी प्राप्त निर्देशन बमोजिम प्रतिदिन ३०० एमबी निःशुल्क डाटा एक्टिभ गर्न सकिनेछ । यो डाटा टुजी÷थ्रीजी÷फोरजी सबै नेटवर्कमा, २४सैं घण्टा सबै किसिमका विषयका लागि उपयोग गर्न सकिन्छ । मोबाइलमा एकपटक दैनिक निःशुल्क डाटा एक्टिभ गरेपश्चात् उक्त नम्बरमा एक वर्षसम्म हरेक दिन ३०० एमबी डाटा स्वतः निःशुल्क उपलब्ध हुनेछ । संस्थागत ग्राहकले पनि व्यक्तिगत ग्राहकले जस्तैगरी मोबाइलमा निःशुल्क डाटा प्याक एक्टिभ गर्न सक्नेछन् । हाल नयाँ एफटीटीएच लाइन जडान गरी एक वर्षको लागि २० एमबीपीएसको अनलिमिटेड इन्टरनेट प्याकेज लिंदा सबै करसहित जम्मा १३ हजार रुपैयाँ शुल्क लाग्छ । यो अफर कम्पनीले उपलब्ध गराइरहेको २० एमबीपीएस लगायत २५, ५० र ६० एमबीपीएसका सेवामा पनि उपलब्ध छ ।
एफटीटीएच–जाडोमा न्यानो अफर लिने ग्राहकले वार्षिक रुपमा १३ हजार रुपैयाँमा अत्यधिक सुविधा उपयोग गर्न पाउनेछन् । यस अफरमा दैनिक ३ सय एमबीपीएस डाटा (प्रचलित मूल्य वार्षिक रुपमा रु. १० हजारभन्दा बढी), निशुल्क पाइने सिपीई (प्रचलित मूल्य रु. २,८२५) र एकसय मिटर ड्रप फाइबर (प्रचलित मूल्य रु एक हजार) गरी कूल रु. १३ हजारभन्दा बढी रकम बराबरको सहुलियत प्राप्त हुनेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply