शाक्यलाई सर्वोत्कृष्ट संसद् सेवा पुरस्कार
काठमाडौं । संघीय संसदको सर्वोत्कृष्ट संसद सेवा पुरस्कार संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कमला शाक्यलाई प्रदान गरिएको छ ।
१४औं संघीय संसद् सेवा दिवसको अवसरमा सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शाक्यलाई १ लाख नगद राशिको सर्वोत्कृष्ट संसद सेवा पुरस्कार शाक्यलाई प्रदान गरेका हुन् ।
त्यस्तै, उत्कृष्ट संसद् सेवा पुरस्कार कम्युटर अधिकृत जगदीश न्यौपानेलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि ७५ हजार रुपैयाँ रहेको छ । संघीय संसद् सेवा पुरस्कारबाट सवारी चालक कृष्ण रानामगर र कर्मचारी बालकृष्ण न्यौपानेलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । संघीय संसद्का महासचिवको अध्यक्षताको समितिले पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गरेको र सभामुख अध्यक्ष रहेको व्यवस्थापन समितिले पुरस्कार प्राप्त गर्ने कर्मचारीको नाम छनोट गरेको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए । संघीय संसद सचिवालयलले विभिन्न कार्यक्रम आयोजना गरी ‘१४औं संघीय संसद् सेवा दिवस– २०७७’ मनाएको हो । २०५८ मंसिर २८ गते संसद सेवालाई निजामती सेवाबाट अलग गरी संसद् सेवा ऐन जारी भएको दिनको अवसर पारेर २०६३ मंसिर २८ गतेदेखि संसद् सेवा दिवस मनाइँदै आएको छ । २०५८ देखि २०६३ का बीचमा संसद् नै नरहेको कारण संसद सेवा दिवस मनाइएको थिएन ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply