कुमारीको गोलमाल गर्ने खेल
काठमाडौं । कुमारी बैंकले एक व्यक्तिको १८ लाख रकम लिएर लिलाम सकारेर जग्गा दिने सहमति गरे पनिउक्त सहमति तोड्ने प्रयास गरेको छ ।
एक वर्षअघि लिलाल भएको जग्गामा सबैभन्दा बढी अंक बोलकबोल गरी लिलाम सकारे पनि अहिले आएर जम्मा गरिसकेको पैसा फिर्ता लिन भन्दै बोलाएपछि उनीहरू आश्चर्यमा परेका छन् । बैंक सञ्चालक समितिले सबैभन्दा बढी रकम कबोल गरेको भन्दै लिलाम स्वीकृत गरेको रकम जम्मा गर्न लिखित पत्रसमेत दिइसकेको थियो । त्यसरी पत्र पाउने व्यक्ति केशवराज भण्डारी हुन् । उनलाई कुमारी बैंकका निमित्त प्रबन्धकले २०७६ कात्तिक १४ मा नै रकम जम्मा गर्न जग्गा सकार्न भन्दै पत्राचार गरेका थिए । आव ०७६÷७७ को चलानी नं. १४३ को पत्रमार्फत भण्डारीलाई ‘रकम जम्मा गरेपछि उक्त सम्पत्ति तपाईंको नाममा दाखा नामसारी प्रक्रिया अगाडि बढाइने’ उल्लेख थियो । कुमारी बैंकका वीरगन्ज शाखाबाट ऋणी श्री लाल साहकलवारले आफ्नो कारोबारको सन्दर्भमा उक्त जग्गा धितो राखेका हुन् । तर, आफैंले भोगचलन गरिरहेको र बासस्थानसमेत सोही जग्गामा परेकाले बढी नै रकम कबोल गरेर भण्डारीले उक्त जग्गा लिन खोजेका थिए । तर, बैंकले आजभोलि भन्दाभन्दै एक वर्ष बिताएर आलटाल गर्दै आएको बताइन्छ । सुरुमा केही दिन, पछि केही महिना र पछि लकडाउनको बहाना पारेर एक वर्ष बिताएको र अहिले जग्गा दिन नसक्ने र रकम नै फिर्ता लैजान भन्दै आएको बुझिएको छ । पछिल्लो समय जग्गाको मूल्य बढेसँग केही भूमाफियाको योजनामा बैंकले जग्गा नदिने प्रपञ्च गरेको बुझिएको छ । आफूलाई पूर्वसहमतिअनुसार आफ्नो बासस्थानको जग्गा कुनै हालतमा दिनुपर्ने पीडित भण्डारी बताउँछन् । लिलामलाई प्रक्रिया पूरा गरेर सकार्नुका साथै पैसा पनि समयमा बुझाउँदा समेत बैंकले आफूलाई एक वर्षसम्म झुलाउँदै आएको उनी बताउँछन् । आफूले कुमारी बैंकबाट नै बैंकले भनेको खातामा कर्जा लिएर रकम जम्मा गरेको बताए ।
सुरुमा प्रक्रियाअन्तर्गत सरकारे लिलामलाई मान्यता नदिई पैसा नै लिनुस् भन्ने दबाब आउनुमा भूमाफिया र बैंकका कर्मचारीहरूको मिलेमतो रहेको हुन सक्ने बताइन्छ । सो रकम आफूले चलाउन पनि नपाएको र बैंकले नै होल्ड गरेर राखेको अवस्था छ । यस घटनाबाट सर्वसाधारणलाई कसरी सास्ती दिन्छ र उनीहरूको सम्पत्ति हडप्न प्रयास गर्छ भन्ने पुष्टि भएको छ । बैंकले सुरुमा पनि फिल्डमा अध्ययन र सँधियारहरूसँग सोधखोज नगरी होटेलमा कागज बनाएको भरमा लगानी गरेको देखिएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply