धनुषामा ग्लोबलको २६८औं शाखा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले धनुषा जिल्लाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रूपमा नयाँ शाखाको उद्घाटन गरे । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २ सय ६८ पुगेको छ ।
शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले नेपाल सरकार तथा नियामक निकायको नीति तथा कार्यक्रमलाई पालन गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताए ।
‘सबैका लागि बैंक’ भन्ने मूल नारालाई चरितार्थ गर्दै बैंकले मुलुकका ७४ वटा जिल्लाबाट सेवा प्रदान गर्दै आएको बताउँदै उनले बैंकिङ सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भएसम्म शाखा विस्तार गर्दै वा शाखारहित बैंकिङ सेवाका माध्यमबाट सेवा प्रदान गर्ने बताए । उनले बैंकले अबका दिनमा थप सबल र सक्षम बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ सेवा प्रदान गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी बास्तोलाले ग्लोबल आईएमई बैंक मुलुककै एक उत्कृष्ट बैंकका रूपमा स्थापित हुनेगरी काम गर्न सुझाव दिए ।
सम्बन्धित समाचार
-
सरकार आफैं भत्काउँदैछ वित्तिय अनुशासन
-
दूरसञ्चार प्राधिकरण तात्दै
-
नियम उल्लंघन गर्ने ४ बैंकलाई राष्ट्र बैंकको कारबाही
-
राष्ट्र बैंकको डरलाग्दो तथ्य खुलासा
-
कर्जा लगानी नभएर बैंकको ब्याज आम्दानी निराशाजनक
-
आयल निगमलाई पाक्षिक एक अर्ब नोक्सान
-
दोश्रो त्रैमाससम्म एनआईसीको कर्जा ८ अर्ब ५५ करोड
-
कार्यान्वयन होला मोहीलाई ५० प्रतिशत मुआब्जा ?
-
कुमारीको गोलमाल गर्ने खेल
-
तीन अर्ब पुँजीको सहकारी बैंक आउँदै
-
किन पछाडि धकेलिँदैछ मध्यपहाडी आयोजना ?
-
कञ्चनपुरमा ग्लोबलको शाखारहित बैंकिङ सेवा
Leave a Reply