धनुषामा ग्लोबलको २६८औं शाखा
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले धनुषा जिल्लाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रूपमा नयाँ शाखाको उद्घाटन गरे । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २ सय ६८ पुगेको छ ।
शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले नेपाल सरकार तथा नियामक निकायको नीति तथा कार्यक्रमलाई पालन गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताए ।
‘सबैका लागि बैंक’ भन्ने मूल नारालाई चरितार्थ गर्दै बैंकले मुलुकका ७४ वटा जिल्लाबाट सेवा प्रदान गर्दै आएको बताउँदै उनले बैंकिङ सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भएसम्म शाखा विस्तार गर्दै वा शाखारहित बैंकिङ सेवाका माध्यमबाट सेवा प्रदान गर्ने बताए । उनले बैंकले अबका दिनमा थप सबल र सक्षम बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ सेवा प्रदान गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी बास्तोलाले ग्लोबल आईएमई बैंक मुलुककै एक उत्कृष्ट बैंकका रूपमा स्थापित हुनेगरी काम गर्न सुझाव दिए ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply