नियम उल्लंघन गर्ने ४ बैंकलाई राष्ट्र बैंकको कारबाही
काठमाडौं । राष्ट्र बैंकको नियमन उल्लघंन गर्ने ४ वटा वाणिज्य बैंक कारवाहीमा परेका छन् । गत असार मसान्तदेखि पुस मसान्तसम्म दिएको निर्देशनअनुसार बैंकिङ कारोबार नगर्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको हो ।
कारवाहीमा पर्नेमा लक्ष्मी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंक हुन् । जसमा लक्ष्मी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई राष्ट्र बैंकले निर्देशन उल्लंघन गरे वापत जरिवाना रकमसमेत असुल गरेको छ ।ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई पत्रमार्फत् सचेत गराउनुका साथै आवश्यकताअनुसार बैंकका प्रमुख कार्यकारी निर्देशकलाई बोलाएर सचेत गराएको छ । जसमा स्ट्यान्डर्ड चार्टर्ड बैंक भने राष्ट्र बैंकको कारवाहीमा २ पटक परेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका अनुसार स्ट्यान्डर्ड चाटर्डले पुस मसान्तसम्म प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमामा कर्जा प्रवाह नगरेमा ५७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ २४ पैसा जरिवाना तिरेको छ ।
बैंकलाई राष्ट्र बैंकले पुनः कर्जा प्रवाह गर्दा आवश्यक कागजात पुरा नलिएर कर्जा प्रवाह गरेकोमा सचेतसमेत गराएको राष्ट्र बैंक सुपरिवेक्षणका एक अधिकारीले जानकारी दिए ।त्यसैगरी लक्ष्मी बैंकले सम्पती शुद्धिकरण (मनी लाउण्डरिङ) सम्बन्धी ऐन उल्लंघन गरेको वापत चालु आवको पहिलो त्रैमासमा २० लाख रुपैयाँ जरिवाना तिरेको छ ।यस्तै, राष्ट्र वाणिज्य बैंकले सरकारको खातामा पठाउनु पर्ने पैसा समयमा नै नपाएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई राष्ट्र बैंकले सचेत गराएको राष्ट्र बैंक सुपरिवेक्षणका ती अधिकारीले जानकारी दिए ।‘बैंकको खातामा जम्मा भएको राजश्व संकलनको पैसा २ महिनासम्म सरकारको खातामा पठाएको थिए,’ ती अधिकारीले भने, ‘राजश्व वापत संकलन भएको रकम भोलिपल्ट नै सरकारको खातामा पठाउनु पर्ने हुन्छ तर बैंकले २ महिनासम्म बैंकमा नै होल्ड गरेको थियो ।’
बैंकले नियतवस राजश्वको रकम होल्ड नगरी कर्मचारीको गल्तीका कारण खातामा पैसा नपठाएको पाइएपछि बैंकका सीइओलाई बोलाएर सचेत गराइएको ती अधिकारीले जानकारी दिए ।साथै, ग्लोबल आइएमई बैंकले राष्ट्र बैंकले तोकेअनुसार कर्जा प्रवाह गर्दा कर चुक्ता गरेको प्रमाणपत्र नलिइकनै कर्जा प्रवाह गरेको पाइएपछि बैंकलाई आगामी दिनमा सो कार्य नगर्न सचेत गराइएको उनले जानकारी दिए । यसैगरी, राष्ट्र बैंकले कोभिड–१९ को कारणले लामो समयसम्म स्थलगत सुपरिवेक्षण गर्न सकेको थिएन । तर कोभिडको प्रभाव सामान्य हुँदै गएपछि स्थलगत सुपरिभिजन फेरि शुरु गरेको छ । प्रभु बैंक, प्राइम बैंक, सिद्धार्थ बैंक र नेपाल बंगलादेश बैंकको फिल्ड सुपरिवेक्षण सकिएको छ भने ग्लोबल आइएमई बैंक र सेञ्चुरी बैंकको सुपरिवेक्ष भइरहेको छ ।सुपरिवेक्षण गरिएका बैंकहरुमा देखिएका केही संकास्पद बुँदामा राष्ट्र बैंकले लिखित जवाफ माग गरेको ती अधिकारीले जानकारी दिए ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply