कार्की र पन्तलाई इन्जा पुरस्कार प्रदान
काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी दिनमा संसदलाई थप जनमुखी र प्रभाबकारी बनाउने बताएका छन् । नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जाको तेस्रो स्थापना दिबस तथा पत्रकारिता पुरस्कार र अग्रज पत्रकार सम्मान कार्यक्रममा सभामुख सापकोटाले सुशासनका लागि पत्रकारिताको ठुलो महत्व हुने उल्लेख गरे ।
इन्जा ग्लोबलका उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा राजधानीमा भएको बिशेष कार्यक्रममा सभामुख सापकोटाले पत्रकारिता जगतले पछिल्लो समयमा खेलेको भुमिका ऐतिहासिक र निकै अतुलनीय रहेको बताए ।सभामुख सापकोटाले सघीय लोकतन्त्रको मर्म अनुसार मुलुकलाई अगाडि बढाउन जनप्रतिनिधिमुलक संस्था संसदको महत्व जहिले पनि अग्रस्थानमा हुने र अब पनि सो अनुसार अगाडि बढाउन आफनो तर्फबाट अझ थप भुमिका खेल्ने कुरा पनि स्पष्ट पारे ।
इन्जा डे का अबसरमा एक लाख रुपियाँ राशीको खोजी पत्रकारिता पुरस्कार लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्त र नागरिक दैनिकका बरिष्ठ समाचारदाता टपेन्द्र कार्कीलाई प्रदान गरियो ।
इञ्जाले एक लाख राशीकै उत्कृष्ठ साहित्यिक कृति पुरस्कार लेखक पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति कोटेश्वरको केटोलाई प्रदान गरेको छ भने ६१ हजार १ सय ११ रुपियाको इन्जा दीर्घसेवा पुरस्कार प्राध्यापक लालदेउसा राईलाई प्रदान गरिएको छ । एक लाख राशीकै इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार वझाङका कान्तिपुरकर्मी वसन्त प्रतापसिंह, रुपन्देहीका राष्ट्रिय समाचार समितिकी नीरा गौतम र दोलखाका नेपाल टेलिभिजनकी मन्दिरा थापालाई गरिएको छ ।
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बरिष्ठ पत्रकार गोपाल बुढाथोकी र नेपाल प्रेस युनियनकी उपाध्यक्ष बाला अधिकारीलाई सम्मान गरिएको थियो । बिशेष कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्ट , नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र बिष्ट, संचारिका समुहकी अध्यक्ष नीतु पण्डित , प्राध्यापक चिरञ्जीबी खनाल , प्रेस युनियनका महासचिब अजय शिवाकोटी लेखनकुञ्ज घोष्टराइटिङ्गका अध्यक्ष कमल ढकाल , इन्जाका सल्लाहकार घमराज लुइटेल , मानब अधिकार संचार प्रतिष्ठानका अध्यक्ष एवं जेण्डर बिशेषज्ञ मीना शर्माले शुभकामना दिएका थिए भने पुरस्कृतका तर्फबाट राजेन्द्र पराजुली र नीरा गौतमले आभार ब्यक्त गरे ।
इन्जा एशियाका अध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तले इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइटेलले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाउनुका साथै पुरस्कृत एबं सम्मानितहरुका बारेका प्रकाश पारेका थिए । अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जा संसारभर छरिएर रहेका नेपाली पत्रकारहरुको साझा नेटवर्क हो । तीन वर्ष अगाडि गठन भएको यो सञ्जालको एसिया, युरोप र अमेरिकाका आफ्नो महादेशीय कमिटी गठन भइसकेको छ भने अष्ट्रेलिया र अफ्रिकामा पनि महादेशीय कमिटी विस्तार हुने क्रममा रहेको छ । संसारका धेरै मुलुकहरुमा राष्ट्रिय कमिटी विस्तार भइसकेको इञ्जाले संसारभर छरिएर रहेका नेपाली पत्रकारहरुलाई एउटै सञ्जालमा जोड्ने, उनीहरुको व्यवसायिक क्षमतामा अभिवृद्धि गर्ने र संकटमा परेका बेला पत्रकारहरुलाई सहयोग पर्याउने ¬उद्देश्य लिएको छ ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply