डेपुटी गभर्नरमा कसको पल्ला भारी ?
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरहरूका लागि कसले बाजी मार्लान् ? अब बस्ने मन्त्रिपरिषद्को बैठकमा डेपुटी गभर्नरका लागि चार जनाको नाम सिफारिस हुने सम्भावना देखिएसँगै यस्तो प्रश्न स्वाभाविक रूपमा उब्जिन पुगेको छ । डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराम श्रेष्ठको पदावधि सकिएपछि नयाँ डेपुटी गभर्नर नियुक्त हुन लागेको छ ।
दुईजना डेपुटी गभर्नर नियुक्तिका लागि दोब्बर संख्या चारजनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ती चारजनाको नाम सिफारिस गरेपछि अर्थमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा सिफारिसका लागि पेस गर्ने चलन छ । एक सूत्रका अनुसार, राष्ट्र बैंकका विशिष्ट श्रेणीका अधिकृतहरू देवकुमार ढकाल, प्रकाशकुमार श्रेष्ठ र ढा. नीलम तिमल्सिनाको नाममा टुंगो लागिसकेको बताइन्छ । जसमा ढकाल राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षण महाशाखाका प्रमुख हुन् भने श्रेष्ठचाहिँ अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार हुन् । तिमल्सिना विशिष्ट श्रेणीका कर्मचारी हुन् ।
सिफारिस भएकामध्ये श्रेष्ठ पृष्ठभूमि अर्थशास्त्र हो । उनले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । ढकाल र तिमल्सिना भने व्यवस्थापन पृष्ठभूमिका कर्मचारी हुन् । तिमल्सिनाले व्यवस्थापनमा विद्यावारिधि गरेका छन् ।
विगतदेखि राष्ट्र बैंकको डेपुटी गभर्नर बनाइँदा एकजना अर्थशास्त्र र अर्को चाहिँ व्यवस्थापन बुझेका कर्मचारीलाई बनाइने चलन रहँदै आएको छ । यो हिसाबले दुईजना डेपुटी गभर्नरमध्ये व्यवस्थापन बुझेका र नेतृत्व गर्ने क्षमतासमेत भएका ढकालको सम्भावना प्रवल रहेको बताइन्छ । अर्को डेपुटी गभर्नरमा चाहिँ श्रेष्ठ र तिमल्सिनामध्ये एकजना हुने सम्भावना रहेको बताइन्छ । अर्थशास्त्रको ज्ञाता भए पनि सिफारिसमा परेका श्रेष्ठ विशुद्ध प्राज्ञिक व्यक्ति हुन् । उनी अर्थमन्त्री विष्णु पौडेलको नजिकको भएका र अहिले अर्थमन्त्रीकै टिममा रहेर काम गरेका हुँदा उनको सम्भावना प्रवल रहेको बुझिएको छ ।
गभर्नर अधिकारीले पनि आफूलाई सहज हुने टिम निर्माण गर्न चाहिरहेको बताइन्छ । तर, डेपुटी गभर्नरमा प्रधानमन्त्री, अर्थमन्त्रीको समेत चासो रहने भएको हुँदा गभर्नरले खोजेजस्तो टिम बन्ला कि नबन्ला भन्ने प्रश्न उठेको छ ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply