बीओकेमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक अफ काठमान्डु बीओकेको ग्रिनलाइन इन्टरनेसनल प्रालिको कर्जा फाइल खोलेको छ । स्रोतका अनुसार गभर्नर महाप्रसाद अधिकारीको विशेष निर्देशनमा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त, सञ्चालक डा. हेमराज सुवेदीसहितका आधा दर्जन व्यक्तिहरूलाई कारबाही गर्न भन्दै उक्त फाइल खोलिएको हो । बीओकेले ग्रिनलाइन इन्टरनेसनल प्रालिलाई दिएको कर्जाको सावाँ ब्याज उठ्न नसक्नुमा बैंकका प्रमुख कार्यकारी अधिकृत पन्तसहित पूर्वसञ्चालक एवं सञ्चालकहरूको हात रहेको नेपाल राष्ट्र बैंक सुपरिवेक्षण विभागले ठहर गरेको छ । सोही ठहरका आधारमा उक्त कर्जा प्रकरणको अनुसन्धान गर्न राष्ट्र बैंकले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई पत्राचार गरेको बुझिएको छ । सीआईबीलाई पत्राचार गरेको बारेको जानकारी राष्ट्र बैंकले यही फागुन २८ गते नै बीओकेलाई दिएको थियो । सोपश्चात् उक्त कर्जा प्रकरणमा आफूसमेत तानिने डरले प्रमुख कार्यकारी अधिकृत पन्त अहिले बिदामा बसेको थाहा भएको छ । अनुसन्धानका लागि राष्ट्र बैंकले सीआईबीलाई गरेको पत्राचारको जानकारी ऋणी प्रमोद शमशेर जबरालाई पनि पुगेको छ । ग्रिनलाइन कम्पनीका सञ्चालक जबरा अहिले सोही कर्जा मिलाएर कारबाहीबाट बच्न दौडधुप गरिरहेको दाबी स्रोतले गरेको छ ।
स्रोतका अनुसार यो कर्जा प्रकरणमा कर्जाका लागि जमानीकर्तासमेत बसेका डम्बरबहादुर मल्ल, रीता मल्ल, हेमराज सुवेदी र अमृत सुवेदीसमेत तानिने देखिएको छ । उक्त ऋण उठाउनको लागि तत्कालीन समयमा ऋण असुली न्यायाधिकरणमा समेत मुद्दा परेको थियो । सोअनुसार न्यायाधिकरणले २०७३ जेठ १० गते गरेको फैसला कार्यान्वयन हुन नदिन ऋणी राणाले बैंकलाई दबाब दिएका थिए । सोही दबाबका कारण उक्त ऋण अहिलेसम्म उठ्न नसकेको हो ।
सम्बन्धित समाचार
-
डेपुटी गभर्नरमा कसको पल्ला भारी ?
-
कार्की र पन्तलाई इन्जा पुरस्कार प्रदान
-
किन बारम्बार ओलीको आयुको चिन्ता गर्छन् पोखरेल ?
-
संविधान उल्लंघन हुँदा चुप नबस्ने पूर्वप्रधानन्याधीशहरूको सर्वोच्चलाई जवाफ
-
छाया आईजीको चुरीफुरी
-
मन्त्रालयलाई छलफलका लागि बोलाउने सर्वोच्चको आदेश
-
ओलीलाई पूर्वराजावादीहरूको मात्र समर्थन
-
प्रतिनिधीसभाको दुरुपयोग राष्ट्रका लागि पिडादायी
-
सरकारको मनोमानीविरुद्ध बिडारीले दिए चुनौती
-
शाक्यलाई सर्वोत्कृष्ट संसद् सेवा पुरस्कार
- मन्त्रीलाई यसरी छक्याएर संसद् विघटन
-
प्रबन्धकदेखि सहायक इन्जिनियरसम्मको सरुवा
Leave a Reply