एकता बचाउन दुई महिने अभियान
काठमाडौं । सर्वोच्च अदालतले पूर्वएमाले ब्यु“ताएपछि पनि प्रधानमन्त्री केपी ओलीको दम्भ र अहंकारले पुनः पार्टी विभाजनको खतरा पैदा भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले विभाजनविरुद्ध देशव्यापी रूपमा भण्डाफोर अभियान चलाउने भएको छ । मूलतः पार्टीलाई नवौं महाधिवेशनको मार्गनिर्देश, निर्वाचनमा प्राप्त जनमत र पार्टी विधानअनुसार सञ्चालन गर्ने विषयमा लाखौं कार्यकर्ताहरूलाई वडा तहसम्म पुनर्गठन र प्रशिक्षण अभियान चलाउनेगरी माधव–झलनाथ समूहले देशव्यापी अभियानको घोषणा गरेको हो ।
गत २१ चैतमा बसेको स्थायी समिति बैठकले पारित गरेको दुई महिने विशेष अभियान सञ्चालनका लागि वरिष्ठ नेता नेपालले देशभर आन्तरिक सर्कुलर पठाएका छन् । वैशाख र जेठमा सञ्चालन हुने अभियानको नाम ‘पार्टी वैचारिक तथा संगठनात्मक सुदृढीकरण अभियान’ दिइएको छ भने अभियानको मूल नारा ‘नेकपा (एमाले) को एकता बचाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने तय भएको छ । यही मूलनाराको सेरोफेरोमा रहेर ओलीले अहिलेसम्म विभाजनका लागि गरेका गतिविधिबारे तल्लो पंक्तिसम्म भण्डाफोर गरिने बताइएको छ ।
अभियानमा आजको परिस्थिति आउनुका कारणहरूबारे प्रस्ट पार्ने, पार्टीमा उत्पन्न अन्तरविरोध र समस्याको कारण तथा कारक तŒवको बारेमा प्रस्ट पार्ने, ओली गुटले माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद परित्याग गरेको प्रस्ट पार्ने कार्यसूची तय भएको छ ।
त्यस्तै, नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा, संगठनात्मक सिद्धान्त र पार्टी विधानको उल्लंघन गरेको, २८ फागनु ७ चैतलगायत विभिन्न मितिमा गरेका नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन, पार्टी विधान, नियमावली र लोकतान्त्रिक मान्यताविपरीत भए गरेका कथित निर्णयहरूबारे पार्टी पंक्तिलाई यथार्थ जानकारी गराउने, महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरेको पार्टी विधानले नचिन्ने तथाकथित महाधिवेशन आयोजक कमिटी अवैधानिक हो भन्ने कुरा प्रस्ट पार्नेलगायत कार्यसूची पनि छन् ।
पाटीर्को विधि, विधान र स्थापित मान्यतामाथि प्रहार गर्दै विभाजनतर्फ धकेल्ने ओली गुटको प्रयत्न असफल पार्न पार्टी पंक्तिलाई सजग तुल्याउने । पार्टीलाई विधि र पद्धतिसम्मत किसिमले सञ्चालन गर्न तथा विभाजनकारी कार्यहरूको विरुद्ध सशक्त रूपमा सक्रिय रही पार्टीको क्रान्तिकारी चरित्र बचाउने, पार्टी एकताविरोधी, अराजक र गलत क्रियाकलापहरूको विरोध र प्रतिवाद गर्ने, अन्तरविरोध र समस्याबारे पार्टी सदस्य र शुभेच्छुक तथा जन समुदायका विचार तथा सुझावहरू संकलन गर्ने, सरकार संविधानअनुसार नचलेको र त्यसले पार्टीका आम नीति एवं चुनाव घोषणापत्रमा व्यक्त प्रतिबद्धताअनुरूप काम नगरेको प्रस्ट पार्ने र सरकारका गलत क्रियाकलापबारे पार्टीपंक्ति र जनसमुदायलाई सचेत तुल्याउनेजस्ता विषय पनि अभियानमा समेटिएका छन् ।
केपी ओलीले योग्य, असल र सक्षम व्यक्तिलाई कुनै जिम्मेवारी नदिई आफ्ना आसेपासेलाई मात्र राजनीतिक नियुक्ति गरेको विषयलाई स्पष्ट पार्ने, ४–५ चैतको राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित राजनीतिक प्रस्तावलगायत प्रशिक्षण सामग्री तयार गर्ने विषय पनि समेटिएका छन् । अभियानलाई तीव्रता दिन वैशाख दोस्रो साताभित्र पार्टीका जिल्ला तहसम्म र जनसंगठनका केन्द्रीय कमिटीको बैठक बसेर योजना कार्यान्वयन गर्न पनि वरिष्ठ नेता नेपालले सर्कुलरमार्फत निर्देशन दिएका छन् ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply