एसईईको मूल्यांकन भोलिदेखि रुजु गरिने
१० असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबारदेखि एसईईको मूल्यांकन रुजु गर्ने भएको भएको छ । आइतबारसम्म पर्सा र रौतहटबाहेक सबै जिल्लाको मूल्यांकन नतिजा परीक्षा नियन्त्रण कार्यालयमा प्राप्त भएको बोर्डले जनाएको छ ।
बाँकी दुई जिल्लाको मूल्यांकन पनि अबेरसम्ममा आइसक्ने भएकाले सोमबारदेखि प्राप्त मूल्यांकन रुजु एवं तालिकीकरणको काम शुरु हुने एसईई परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । ‘आज अबेरसम्म सबै मूल्यांकन आइसक्ने भएकाले भोलिदेखि हामी रुजु तथा टेबुलेसन गर्ने काम शुरु गर्छौं,’ उनले भने ।
परीक्षा बोर्डले विद्यार्थीको मूल्यांकन नतिजाको हार्डकपी र सफ्टकपी असारभित्र परीक्षा नियन्त्रण कार्यलयमा पठाइसक्न शिक्षा विकास समन्वय इकाईलाई निर्देशन दिएको भए पनि प्राकृतिक विपत्ति लगायतका कारणले तोकिएको समयमा आइपुगेको थिएन ।
भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्यांकन गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply