एसईई नतिजा सोमबार
२२ साउन, काठमाडौं । २०७७ सालको एसईईको नतिजा सोमबारसम्म प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले २५ साउनमा नतिजा प्रकाशित गरिसक्ने जानकारी दिएका छन् ।
बोर्डले आजै नतिजा प्रकाशित गर्ने कार्यक्रम रहे पनि विगतमा जस्तै केही विद्यालयले अस्वाभाविक नतिजा प्रदान गरेको पाइएपछि परीक्षा नतिजा रोकिएको बुझिएको छ । बिहीबार बोर्ड र परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीसहितको भर्चुअल बैठक बसेको र त्यसमा केही विद्यालयको नतिजा अस्वाभाविक पाएपछि नतिजा प्रकाशन ढिलो भएको बोर्डका एक अधिकारीले बताए ।
यसका लागि बोर्डले जिल्ला समन्वय एकाइलाई आजै पत्र पठाउँदै छ । अस्वाभाविक नतिजाबारे एकाइले स्कूल सञ्चालकलाई बोलाएर सोध्ने, एकाइले बोर्डमा जनाउ दिने र त्यसपछि पुनः सच्याउने तयारी रहेको एक अधिकारीले जानकारी दिए ।
बोर्डको यो वर्षको परीक्षाका लागि तयार गरेको कार्यविधिमा ८० भन्दा बढी अंक दिनुपरेमा सो को कैफियतमा खुलाउनुपर्ने नयाँ व्यवस्था छ । उक्त नियमको उल्लंघन गरी कारण नखुलाई ८० भन्दा बढी अंक दिएको खुलेको हो । तर परीक्षा नियन्त्रक अधिकारी भने त्यस्तो कारण नभई प्राविधिक समस्याका कारणले नतिजा प्रकाशन गर्न समय लागेको बताए ।
उनले नतिजा ग्रेडमा दिने भएकाले ग्रेडमा गडबड नहोस्, विद्यार्थीको समग्र नतिजा र विद्यार्थीको अनुपस्थित रहेको औंल्याए । भौतिक रुपमा परीक्षा दिँदा अनुपस्थित हुनु त जायज होला, अहिलेको परिस्थितिमा पनि अनुपस्थित देखिँदा छानबिन गर्नुपर्ने हुन्छ । कि त सिम्बोल नम्बर फरक परेकाले या सफ्टवेयरमा गडबडी भयो कि’ उनले भने । शिक्षाविद् डा विद्यानाथ कोइरालाले एसईई परीक्षा प्रणाली बनाए मात्र दीर्घकालीन समस्या समाधान हुने बताउँछन् ।
उनले भने कक्षागत, विषयगत र तहगत एउटा कक्षाको विद्यार्थीले कति जान्नुपर्ने हो, त्यो पाठ्यक्रम विकास केन्द्रले बनाएको छ । त्यो विद्यार्थीलाई दिनुपर्यो । हैन भने नम्बर कम दियो भने शिक्षक कुट्ने विद्यार्थी छन्’ उनले थपे, एसईईमा बढी नम्बर दिन दवाब दिने अभिभावक र बढी नम्बर दिने शिक्षक पनि छन् ।’
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply