प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटघाट
१२ भदौं ,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज (शनिबार) भेटवार्ता भएको छ । दुई जनाबीच अपूरो मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनेबारे छलफल भएको प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छिन् ।
आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष कमरेड प्रचण्डबीच भेटघाट भएको छ,’ दाहालले भनेकी छन्, भेटघाटको क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे छलफल भएको छ । गठबन्धन सरकार गठन भएको लामो समय भइसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । खासगरी आफूलाई विश्वासको मत दिने तत्कालीन एमालेको माधव नेपाल पक्षलाई उनले पर्खेका हुन् ।
नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गरेसँगै अब मन्त्रिपरिषदलाई पूर्णता दिने प्रक्रिया अघि बढेको हो । नेपालको दल पनि सरकारमा सहभागी हुने बताइएको छ । ठाकुर नेतृत्वको लोसपा सरकारमा सहभागी हुने वा नहुने टुङ्गो लागेको छैन ।
–
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply