प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटघाट
१२ भदौं ,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज (शनिबार) भेटवार्ता भएको छ । दुई जनाबीच अपूरो मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनेबारे छलफल भएको प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छिन् ।
आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष कमरेड प्रचण्डबीच भेटघाट भएको छ,’ दाहालले भनेकी छन्, भेटघाटको क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे छलफल भएको छ । गठबन्धन सरकार गठन भएको लामो समय भइसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । खासगरी आफूलाई विश्वासको मत दिने तत्कालीन एमालेको माधव नेपाल पक्षलाई उनले पर्खेका हुन् ।
नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गरेसँगै अब मन्त्रिपरिषदलाई पूर्णता दिने प्रक्रिया अघि बढेको हो । नेपालको दल पनि सरकारमा सहभागी हुने बताइएको छ । ठाकुर नेतृत्वको लोसपा सरकारमा सहभागी हुने वा नहुने टुङ्गो लागेको छैन ।
–
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply