एकीकृत समाजवादी पार्टीमा खुल्न वामदेव गौतमका तीन सर्त
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीमा खुल्न दुई अध्यक्ष हुनुपर्ने शर्तसहित तीन बुँदे लिखित प्रस्ताव राखेका छन्।
नवगठित पार्टीमा दुई अध्यक्ष पद राखेर एउटामा आफूलाई कायम गर्नुपर्ने अडान प्रस्तावमा गौतमले राखेका हुन्।
प्रस्ताव
समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई केही दिनअघि सहमतिको खाका पठाएर उनले पार्टीमा सहभागी हुन तीन बुँदे प्रस्ताव राखेको स्रोतले जनाएको छ।
तर, वामदेवको उक्त प्रस्तावलाई अध्यक्ष नेपालले स्वीकार गरिसकेका छैनन्। बरु नेपालले गौतमको प्रस्तावबारे पार्टीमा छलफल गरेको जवाफ दिँदै साथीहरुले अस्वीकार गरेको जवाफ दिएका छन्।
नवौँ महाधिवेशनबाट निर्वाचित एमाले उपाध्यक्ष भए पनि गौतम पछिल्लो समय स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका छैनन्।
उनले अहिले पनि तटस्थ बसेर ओली र नेपाल दुवैतिर बार्गेनिङ गरिरहेको स्रोतको दाबी छ। गौतमले पत्नी तुल्सालाई भने नेपालको समाजवादीतिर खुल्न पठाएका थिए।
एमालेका महत्वपूर्ण बैठकमा सहभागी नभएकाले गौतम माधव नेपालले गठन गरेको समाजवादीमा जान लागेको चर्चा भइरहेको छ।
तर, समाजवादी पार्टीमा लाग्नको लागि गौतमले अध्यक्ष र सह-अध्यक्षको प्रावधान हुनुपर्ने प्रस्ताव अघि सारेका छन्। त्यसमा सह-अध्यक्ष आफूलाई बनाइनुपर्ने पहिलो प्रस्ताव गौतमले राखेका छन्।
यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, संसद बाहिरबाट मन्त्रिपरिषद् गठन र महाधिवेशनबाट केन्द्रीय कमिटी चयन र केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्नुपर्ने लिखित प्रस्ताव पनि गौतमले पठाएका हुन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply