गभर्नरलाई अर्थमन्त्रीले फोन गरेपछि शेयर बजार उच्च अंकको वृद्धि लिएर बन्द
२१ भदौ, काठमाडौं । सोमबार शेयर बजार उच्च दरमा उकालो लागेको छ । एकैदिन परिसूचक १६२ अंकले बढेर शेयर बजार बन्द भएको छ । साताको पहिलो दिनमा १०८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ अंकमा झरेको बजार दोस्रोे दिनमा भने उच्च अंकले वृद्धि भएको हो ।
सोमबार शेयर बजार १६१.९४ अंकले बढेर २९ सय ८० दशमलव ७९ अंकमा पुगेर बन्द भएको छ ।
अर्थमन्त्री जनदार्दन शर्माले शेयर बजारमा रहेको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई अनुरोध गरेको खबर सार्वजनिक भएपछि बजारमा ठूलो उछाल देखिएको हो ।
राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार बिहान गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका थिए । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार गभर्नर अधिकारीले प्रक्रिया लिएर बजारलाई परेको अप्ठेरो फुकाउने जानकारी अर्थमन्त्रीलाई गराएका छन् ।
अर्थमनत्रीले पहल थालेको खबर बाहिरिएकाले सोमबार कारोबार खुलेदेखि नै शेयरबजारमा हरियाली थियो । केही घटबढ भइरहेको शेयर बजार अर्थमन्त्रीको पहलको खबर सार्वजनिक भएपछि लगातार उकालोतिर लाग्यो ।
बजारमा सोमबार ९ अर्ब ८२ करोडको शेयर कारोबार भयो । सोमबार मात्रै बजार ५ दशमलव ७४ प्रतिशतले बढेको छ । बजारका सबै उपसमूह हरियो रहे ।
राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएपछि बजार प्रभावित भएको लगानीकर्ताले बताउँदै आएका छन् । यसअघि यस्तो सीमा तोकिएको थिएन ।
मौद्रिक नीतिका व्यवस्थाले बजारमा निकै ठूलो नकारात्मक असर पार्ने भन्दै लगानीकर्ताहरुले पुँजी बजार सुधार संघर्ष समिति नै गठन गरेका छन् । समितिले आज प्रदर्शनसहित राष्ट्र बैंक पुगेर ज्ञापनपत्र नै बुझाएको छ ।
यही दिनमा बजार पनि उच्च अंकको वृद्धि लिएर बन्द भएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
Leave a Reply