२४ भाद्र २०७८, बिहीबार १२:४७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मुस्ताङ हेलिकप्टरले पायो उडान अनुमति
२४ भदौ, काठमाडौं । नेपाली आकाशमा निजी लगानीमा थप एक हेलिकप्टर कम्पनीले सेवा प्रारम्भ गरेको छ ।
मुस्ताङ हेलिकप्टर प्रालिले बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएको हो ।
कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक रोनन लामिछानेका अनुसार कम्पनीले बिहीबारबाटै सेवा प्रारम्भ गरेको छ । कम्पनीसँग एयरबस हेलिकप्टर रहेको छ । यो कम्पनीले अब आफ्नो सेवा रेस्क्यू, चार्टर्ड, कोभिड-१९ बिरामीको उद्धार, एरियल फोटोग्राफी, कार्गो सिलिङजस्ता काममा केन्द्रित हुने उनले जनाए ।
यो नेपालमा सञ्चालनमा आएको ११ औं हेलिकप्टर कम्पनी बनेको छ । कोरोना महामारीका बीचमा आएको यो कम्पनीले आगामी दिनमा सेवा विस्तार गर्दै जाने समेत बताएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply