कांग्रेस महाधिवेशनको तालिका फेरि परिवर्तन, दशैंअघि पालिका अधिवेशन मात्रै
६ असोज, काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनको तालिका फेरि परिवर्तन हुने भएको छ । आज सिंहदरबारमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस्तो सहमति गरेको हो । बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, दशैं अगाडि पालिका तहको अधिवेशन मात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ ।
यसअघिको तालिका अनुसार कांग्रेसको असोज ९ गते पालिकास्तरको अधिवेशन हुने उल्लेख छ । ९ गतेका लागि निर्धारित पालिकास्तरीय जुन अधिवेशन छ, त्यो यथावत् छ । पूर्व निर्धारित समयअनुसार नै पालिकाहरुको अधिवेशन हुनेछ, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ९ गते पछाडिका अधिवेशनहरूका सन्दर्भमा एकातिर केही जिल्लाका क्रियाशील सदस्यता टुंग्याउने विषय छ । त्यसलाई टुंग्याउने र उपयुक्त समयमा केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नेछ । कांग्रेसले आगामी मंसिरमा गर्ने राष्ट्रिय महाधिवेशनअघि वडादेखि प्रदेशसम्मका अधिवेशन सक्नुपर्नेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply