तारा एयरले पोखरा–जोमसोम रुटमा असोज २३ गतेदेखि उडान थाल्ने
१२ असोज, काठमाडौं । दशैंको बिदामा जोमसोम भ्रमणमा जाने यात्रुलाई लक्षित गरी पोखराबाट नियमित हवाई सेवा शुरु हुने भएको छ । यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ गतेदेखि पोखरा–जोमसोम उडान गर्ने भएको छ ।
नेपालमा कोरोना सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो उडानलाई सुचारु गर्न लागेको जनाएको छ । कम्पनीका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाका अनुसार चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान नियमित सञ्चालन गर्न लागिएको हो । जहाज पोखरा विमानस्थलमा नै राखिने भएको छ । यहाँ तारा एयरको १९ सिटे विमानले उडान गर्ने भएको छ ।
विगतमा ताराले पोखरा–जोमसोम यात्रुको चाप हेरेर दैनिक पाँच वटासम्म उडान गरेको थियो । जोमसोममा दिउँसो हावा चल्ने भएकाले वायुसेवाहरुले विहान १२ बजे भित्र नै उडानहरु भर्नुपर्ने हुन्छ । दुर्गममा उडान गर्ने वायुसेवामध्ये ताराले पोखरा, नेपालगञ्ज र काठमाडौंमा नियमित वायुयान राखेर दुर्गममा सेवा दिँदै आएको छ । तारा एयरसग हाल दुर्गममा उडान गर्ने ४ वटा टुइनअटर जहाज छन् । ताराले लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरा लगायत दुर्गमका विमानस्थलमा नियमित तथा चार्टर उडान गरिरहेको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply