१० बुँदे धेरै ठाउँमा कार्यान्वयन भइसक्यो, बाँकी हामी मिलाउँछौं :भीम रावल
१२ असोज, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले असार २७ मा भएको १० बुँदे सहमति धेरै ठाउँमा कार्यान्वयन भइसकेको बताएका छन्।
१० बुँदे सहमति कार्यान्वयन, एमाले केन्द्रीय सदस्यमा नयाँ मनोनयन र विधान महाधिवेशनका क्रममा आउने समस्या समाधानका लागि बनाइएको कार्यदल संयोजक रावलले अब विस्तारै सबै मिल्दै जाने बताए।
आजको बैठकमा हामीले १० बुँदे सहमति कार्यान्वय र विधान महाधिवेशनबारे छलफल गरेका छौँ , रावलले एमाले केन्द्रीय कार्यालय थापाथली हाइटमा बसेको कार्यदल बैठकपछि भने, त्यसका लागि उपयुक्त विधि र संरचनागत समाधानका समाधानका उपाय पनि खोजिएको छ।
रावलले समस्या देखिएका ठाउँमा समाधान गर्दै जाने पनि बताएका छन्। ‘जहाँ जहाँ समस्या छन् त्यही अनुसार समाधान गर्छौँ’, उनले भने’नीतिगत व्यवस्था गरेर हामी मिलाउँछौँ।
उनले १० बुँदे धेरै ठाउँमा कार्यान्वयन भएको दोहोर्याए। ‘१० बुँदे कार्यान्वयन धेरै ठाउँमा भएको छ, उनले भने जुन ठाउँमा कार्यान्वयन भएको छैन। त्यहाँ पनि कार्यान्वयन गरेर लैजान्छौँ।
रावलले सुदूरपश्चिमको इन्चार्ज विवाद पनि नीतिगत रुपमा मिलाएर लैजाने बताए। ‘त्यहाँको विवाद पनि नीतिगत रुपमा एकमुष्ट मिलाएर लैजान्छौँ’, उनले भने समस्या देखिएका ठाउँमा समाधान खोज्दै जाने हो।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply