तरलता टार्न राष्ट्र बैंकद्वारा ३० अर्बको रिपो जारी
१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्बका लागि रिपो जारी गरेको छ । बैंकिङ प्रणालीमा तरलताको अभाव खड्किएपछि राष्ट्र बैंकले एक साताका लागि रिपो जारी गरेर ३० अर्ब रूपैयाँ तरलता इन्जेक्ट गर्न लागेको हो ।
उक्त रिपो असोज २० गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीहरूले रिपोमार्फत तरलता लिन पाउने छन् । यस सुविधामार्फत तरलता लिनका लागि राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले अनिवार्यरूपमा मास्टर्स पर्चेज एग्रिमेन्ट गरेको हुनुपर्नेछ ।
भदौदेखि नेपाल राष्ट्र बैंकले विभिन्न खुला बजार कारोबारमार्फत ७५ अर्बभन्दा बढी तरलता बजारमा पठाएको छ । मौद्रिक नीतिमार्फत सीडी अनुपात कार्यान्वयनमा ल्याइएपछि तरलतामा दबाब पर्दै आएको छ ।
ब्याजदर कार्यविधि २०७६ अनुसार राष्ट्र बैंकले रिपो जारी गरेर तरलता अभावको समाधान गर्न पाउने व्यवस्था गरिएको छ । ७ र १४ दिनका रिपोमार्फत रकम बजारमा पठाइन्छ ।
रिपोमार्फत रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई ब्याज तिर्नुपर्ने हुन्छ । अहिले ७ दिने रिपोको ब्याजदर ४.९० प्रतिशत र १४ दिन रिपोको ब्याजदर ४.८७ प्रतिशत निर्धारण गरिएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply