तरलता टार्न राष्ट्र बैंकद्वारा ३० अर्बको रिपो जारी
१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्बका लागि रिपो जारी गरेको छ । बैंकिङ प्रणालीमा तरलताको अभाव खड्किएपछि राष्ट्र बैंकले एक साताका लागि रिपो जारी गरेर ३० अर्ब रूपैयाँ तरलता इन्जेक्ट गर्न लागेको हो ।
उक्त रिपो असोज २० गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीहरूले रिपोमार्फत तरलता लिन पाउने छन् । यस सुविधामार्फत तरलता लिनका लागि राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले अनिवार्यरूपमा मास्टर्स पर्चेज एग्रिमेन्ट गरेको हुनुपर्नेछ ।
भदौदेखि नेपाल राष्ट्र बैंकले विभिन्न खुला बजार कारोबारमार्फत ७५ अर्बभन्दा बढी तरलता बजारमा पठाएको छ । मौद्रिक नीतिमार्फत सीडी अनुपात कार्यान्वयनमा ल्याइएपछि तरलतामा दबाब पर्दै आएको छ ।
ब्याजदर कार्यविधि २०७६ अनुसार राष्ट्र बैंकले रिपो जारी गरेर तरलता अभावको समाधान गर्न पाउने व्यवस्था गरिएको छ । ७ र १४ दिनका रिपोमार्फत रकम बजारमा पठाइन्छ ।
रिपोमार्फत रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई ब्याज तिर्नुपर्ने हुन्छ । अहिले ७ दिने रिपोको ब्याजदर ४.९० प्रतिशत र १४ दिन रिपोको ब्याजदर ४.८७ प्रतिशत निर्धारण गरिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
Leave a Reply