प्रकाशमान सिंहको प्रश्नः गणेशमानको छोरा हुँदैमा सभापति बन्न नपाउने?
२० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्व कमजोर भएकै कारण कम्युनिष्टहरूको मनोबल बढेको बताएका छन् ।
काठमाडौं महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदान प्रदान तथा परिचायत्मक कार्यक्रममा बोल्दै नेता सिंहले १३ औं महाधिवेशनपछि कमजोर हातमा नेतृत्व गएको बताएका हुन् ।
‘१३ औं महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पायो । परिणामस्वरूप कम्युनिष्टको मनोबल बढ्दै गएको छ । १४ औं महाधिवेशनबाट डायानामिक सभापति रोज्नुको विकल्प छैन, । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर विभागहरू गठन गरेको आरोप लगाउँदै उनले यस्तै अवस्था रहे कांग्रेस कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आउनेतर्फ सचेत गराए ।
उनले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू वरिष्ठ रहेको दाबी समेत गरेका थिए । उनले यसबारे आफूले सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत अव सभापतिमा उमेद्वारी घोषणा नगर्न सुझाएको बताएका थिए । ‘मैले दुबै नेतालाई भनिसकेको छु,सिंहले भने काठमाडौंको भएकै कारण सभापति बन्न नपाउने ? गणेशमानको छोरा हुँदामै सभापति बन्न पाइँदैन ? सभापति बन्न नहुने उहाँहरूले कारण देखाइ दिनु पर्यो । गणेशमानको परिवारले सँधै त्याग मात्र गर्नुपर्ने ?’
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
Leave a Reply