प्रकाशमान सिंहको प्रश्नः गणेशमानको छोरा हुँदैमा सभापति बन्न नपाउने?
२० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्व कमजोर भएकै कारण कम्युनिष्टहरूको मनोबल बढेको बताएका छन् ।
काठमाडौं महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदान प्रदान तथा परिचायत्मक कार्यक्रममा बोल्दै नेता सिंहले १३ औं महाधिवेशनपछि कमजोर हातमा नेतृत्व गएको बताएका हुन् ।
‘१३ औं महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पायो । परिणामस्वरूप कम्युनिष्टको मनोबल बढ्दै गएको छ । १४ औं महाधिवेशनबाट डायानामिक सभापति रोज्नुको विकल्प छैन, । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर विभागहरू गठन गरेको आरोप लगाउँदै उनले यस्तै अवस्था रहे कांग्रेस कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आउनेतर्फ सचेत गराए ।
उनले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू वरिष्ठ रहेको दाबी समेत गरेका थिए । उनले यसबारे आफूले सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत अव सभापतिमा उमेद्वारी घोषणा नगर्न सुझाएको बताएका थिए । ‘मैले दुबै नेतालाई भनिसकेको छु,सिंहले भने काठमाडौंको भएकै कारण सभापति बन्न नपाउने ? गणेशमानको छोरा हुँदामै सभापति बन्न पाइँदैन ? सभापति बन्न नहुने उहाँहरूले कारण देखाइ दिनु पर्यो । गणेशमानको परिवारले सँधै त्याग मात्र गर्नुपर्ने ?’
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply