आज विश्वासको मत प्रस्ताव टेबल गर्दै मुख्यमन्त्री आचार्य
५ कातिक, मोरङ । प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्ताव आज प्रदेशसभामा टेबुल हुँदैछ । आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।
दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान भए पनि मुख्यमन्त्री आचार्यले ४३ औं दिनमा विश्वासको मतका लागि संसद्मा प्रस्ताव टेबल गर्ने तयारी गरेका हुन् । प्रस्ताव उपर छलफल र मुख्यमन्त्रीले जवाफ दिने कार्यक्रम तय छ । तर, मत विभाजनको विषयमा भने अन्योल देखिएको छ ।
मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि असोज २५ गते संसद् सचिवालयमा सूचना दर्ता गराएका थिए । असोज २४ गतेको बैठकपछि सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगन गरेका थिए । एमालेको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका आचार्यको नियुक्तिदेखि नै विवाद भएको थियो ।
राजनीतिक रूपमा अल्पमतमा पर्दापर्दै प्रदेश प्रमुखले नियुक्ति गरेको भन्दै विपक्षी गठबन्धनले विरोध गरेको थियो । राजनीतिक रूपमा विरोध भए पनि नियुक्तिमा कानुनी जटिलता भने थिएन । तर पछिल्लो समय आधिकारिक रूपमा दल विभाजन भएपछि समेत आचार्यले सदन छल्दै मुख्यमन्त्री बनिरहेका छन् ।
संविधानको धारा १८८–९२० ले दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने उल्लेख्य गरे पनि आचार्यले भने समय गुजारेका हुन् । प्रदेश–१ को प्रदेश सभामा सत्तारूढ एमालेका ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । बहुमत पुर्याउन ४७ सांसद चाहिन्छ । तसर्थ आचार्यले विश्वासको मत पाउने अवस्था देखिँदैन । विपक्षी गठबन्धनका पक्षमा ५० सांसद छन् ।
सरकारका प्रवक्ता उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्षुमन तिवारीले छलफल र मुख्यमन्त्रीको जवाफमा अधिक समय लागे आइतबारको बैठकमा मात्र मत विभाजनको कार्य हुने जानकारी दिए । उनले भने, ‘मत विभाजन अर्को बैठकमा पनि हुनसक्छ ।’
विपक्षीले भने मुख्यमन्त्री आचार्य र एमाले नेतृत्त्वको सरकार अल्पमतमा परिसकेपछि पनि सत्ता लम्ब्याउने तानाबाना बुन्न सक्रिय रहेको आरोप लगाउँदै आएका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसमा प्रमुख सचेतक केदार कार्कीले संविधानतः सरकार अल्पमतमा परिसकेको अवस्थामा एक–दुई दिन बढाउन खोज्नु सत्तालिप्सामा मात्र भएको टिप्पणी गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply