मोटरसाइकल र्यालीसहितको समूह छिर्न खोजेपछि सर्वोच्च अदालत क्षेत्र तनावग्रस्त
२८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर र जबराको राजीनामा माग गर्दै धर्ना दिइरहँदा अदालत परिसरबाहिर मोटरसाइकल र्याली निकालिएको छ । सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गरेको विरोधमा केही युवाहरूले मोटरसाइकल र्याली निकालेका हुन् ।
सर्वाेच्च अदालतमा धर्ना दिइरहेका वकिलहरूको विरोधमा एउटा अर्काे समूह मोटरसाइकल र्पालीसहित पुगेपछि अहिले तनाव भएको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा अदालत परिसरमा धर्ना दिइरहेका कानुन व्यवसायीविरुद्ध नाराबाजी गर्दै आफूलाई सामाजिक अभियन्ता बताउनेहरूको भीड भित्र पस्न खोजेपछि प्रहरीले रोकिरहेको छ ।
अदालतको मूल गेटमा वकिलहरूको धर्ना जारी छ भने अदालत बाहिर सडकमा मोटरसाइकल र्यालीसहितको समूह भित्र पस्ने प्रयास
गरिरहेको छ । यसअघि आजै इजलास बहिष्कारको विरोधमा उत्रेका केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको थियो । आज सर्वोच्च परिसरमा दंगा प्रहरी भने खटाइएको छैन । बारले व्यापक प्रहरी परिचालन गरी बल प्रयोग भएकोमा विज्ञप्ति निकालेर चेतावनी दिएपछि आज सशस्त्र प्रहरी परिचालन नभएको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply