डाबरले उत्पादन वृद्धिका लागि झण्डै १० अर्ब लगानी थप्दै , लगानी बोर्डले लियो स्वीकृति
२५ माघ, काठमाडौं । डाबर नेपालले झण्डै १० अर्ब रुपैयाँ लगानी भित्र्याउन स्वीकृति पाएको छ । लगानी बोर्डको आज बसेको बोर्ड बैठकले बहुराष्ट्रिय कम्पनी डाबरबाट डाबर नेपालमा थप नौ अर्ब ६८ करोड रुपैयाँ भित्र्याउन अनुमति दिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले जानकारी दिए ।
डाबरले नेपालमा क्षमता विस्तार गर्न र उत्पादनमा विविधता थप्न लगानी बढाउने अनुमति मागेको थियो, आजको बैठकले स्वीकृत गरेको छ, यो खुशीकै विषय हो’, सीईओ भट्टले भने । डाबरले गएको वैशाखमै नेपालमा थप लगानी भित्र्याउन अनुमति मागे पनि बोर्ड बैठक बस्न ढिलाइ हुँदा स्वीकृति हुन सकेको थिएन ।
डाबर नेपालले विभिन्न जुस, क्रिम, ग्लुकोज, स्याम्पु, महलगायतका वस्तु उत्पादन गर्दै आएको छ । डाबरले वार्षिक झण्डै एक अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात पनि गर्दै आएको छ । डाबर नेपालको नाफा वार्षिक ५० करोड रुपैयाँको हाराहारीमा रहेको छ । डाबरमा ९७ दशमलव पाँच प्रतिशत भारतीय र साढे दुई प्रतिशत लगानी नेपाली व्यवसायीको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
Leave a Reply