डाबरले उत्पादन वृद्धिका लागि झण्डै १० अर्ब लगानी थप्दै , लगानी बोर्डले लियो स्वीकृति
२५ माघ, काठमाडौं । डाबर नेपालले झण्डै १० अर्ब रुपैयाँ लगानी भित्र्याउन स्वीकृति पाएको छ । लगानी बोर्डको आज बसेको बोर्ड बैठकले बहुराष्ट्रिय कम्पनी डाबरबाट डाबर नेपालमा थप नौ अर्ब ६८ करोड रुपैयाँ भित्र्याउन अनुमति दिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले जानकारी दिए ।
डाबरले नेपालमा क्षमता विस्तार गर्न र उत्पादनमा विविधता थप्न लगानी बढाउने अनुमति मागेको थियो, आजको बैठकले स्वीकृत गरेको छ, यो खुशीकै विषय हो’, सीईओ भट्टले भने । डाबरले गएको वैशाखमै नेपालमा थप लगानी भित्र्याउन अनुमति मागे पनि बोर्ड बैठक बस्न ढिलाइ हुँदा स्वीकृति हुन सकेको थिएन ।
डाबर नेपालले विभिन्न जुस, क्रिम, ग्लुकोज, स्याम्पु, महलगायतका वस्तु उत्पादन गर्दै आएको छ । डाबरले वार्षिक झण्डै एक अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात पनि गर्दै आएको छ । डाबर नेपालको नाफा वार्षिक ५० करोड रुपैयाँको हाराहारीमा रहेको छ । डाबरमा ९७ दशमलव पाँच प्रतिशत भारतीय र साढे दुई प्रतिशत लगानी नेपाली व्यवसायीको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
Leave a Reply