नेपाल टेलिकमको मुनाफामा ६० करोड ८४ लाख रुपैयाँ वृद्धि
२९ माघ, काठमाडौं । नेपाल टेलिकमको खुद मुनाफामा ६० करोड ८४ लाख रुपैयाँ वृद्धि भएको छ । कम्पनीले शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको आर्थिक विवरणअनुसार टेलिकमले गत वर्षको तुलनामा यस वर्ष ६० करोड ८४ लाख ८१ हजार रुपैयाँ वृद्धि गरेको हो ।
गत आर्थिक वर्षको द्वितीय त्रैमासिकसम्म ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रुपैयाँ खुद मुनाफामा रहेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ६० करोड वृद्धि गर्दै ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार पुगेको छ ।
चालु आर्थिक वर्षको द्वितीय त्रैमासिकमा कम्पनीको कुल सञ्चालन आय १ अर्ब ४८ करोड २३ लाख ३ हजार रुपैयाँले वृद्धि भइ १९ अर्ब २० करोड ७२ लाख १६ हजार पुगेको छ । यस्तै सोही अवधिको कुल आयमा पनि १ अर्ब ४१ करोड ३२ लाख ६३ हजार रुपैयाँले वृद्धि भइ २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
त्यसैगरी, गत आर्थिक वर्षको द्वितीय त्रैमासिक अवधिमा मात्र कम्पनीको कुल सञ्चालन आय ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिको मात्र कुल सञ्चालन आय ३४ करोड २३ लाख ४९ हजार रुपैयाँले वृद्धि भएर ९ अर्ब ४३ करोड १९ लाख २३ हजार रुपैयाँ पुगेको छ ।
फोरजी विस्तारसँगै सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवाको उपभोगमा वृद्धि हुँदा कम्पनीको आय वृद्धि भएको कम्पनीको भनाइ छ । यसअघि टुजी र थ्रीजी भएका स्थानमा फोरजी पहुँच विस्तार गरिएले पनि ग्राहकको संख्यामा वृद्धि आएको कम्पनीको दाबी छ । यस्तै, एफटीटीएच सेवा प्रति ग्राहकको आकर्षणमा बढेकाले पनि निश्चित नेटवर्कबाट हुने आयमा सकारात्मक प्रभाव परेको कम्पनीको भनाइ छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply