९ चैत्र २०७८, बुधबार ०८:३५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आयल निगमले आईओसीलाई बुझायो १२ अर्ब ३० करोड
९ चैत, काठमाडौं । नेपाल आयल निगमले मार्च महिनाको इन्धन खरिद बापतको दोस्रो किस्ता भारतीय आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गरेको छ ।
बुधबार आईओसीलाई मार्च महिनाको दोस्रो किस्ता बापतको १२ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरिएको निगमका निमित्त नायब कार्यकारी एवं अर्थ र प्रशासन प्रमुख नागेन्द्र साहले जानकारी दिए ।
गत ८ मार्चमा निगमले इन्धन खरिद बापतको पहिलो किस्ता १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको थियो । यस पटकको भुक्तानीका लागि निगमको नियमित बिक्रीबाटै रकम पुगेको साहले बताए ।
गत ८ मार्चमा भुक्तानीका लागि नियमित बिक्रीबाट नपुगेर मूल्य स्थिरीकरण कोषबाट ४ अर्ब २५ करोड चलाएका थियौं, यस पटक परेन’ साहले भने । निगम अझै मासिक १० अर्ब घाटामा रहेको भन्दै उनले अब ८ अप्रिलको भुक्तानीमा निगमलाई थप दबाब हुने उनले बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
Leave a Reply