खानेतेलको मूल्य लिटरमै ५० रुपैयाँसम्म घट्यो

२ असोज, काठमाडौं । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल खुद्रा व्यापार संघकाअुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ३० रुपैयाँले घटेको छ । सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको टोखा चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जय फुँयालले बताए ।
सरकारले तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल घटाउने निर्णय गरेपछि बजारमा तेलको मूल्य घटेको छ, फुँयालले भने, लिटरमा कम्तीमा २० देखि बढीमा ३० रुपैयाँसम्म तेलको मूल्य घटेको छ । अमृत, डाइमण्ड लगायतका ब्राण्डका तेलको मूल्य घटेको फुँयालले बताए ।
एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४६ रुपैयाँमा झरेको छ । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम् २१८ रुपैयाँसम्म झरेको छ ।
नेपाल वनस्पति घ्यु तेल उत्पादक संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटका कारण खाने तलेको मूल्यमा उच्च गिरावट देखिन थालेको छ । संघका अध्यक्ष सन्दीप अग्रवालकाअनुसार जेठयता मात्रै खाने तेलको मूल्य लिटरमा ७० रुपैयाँसम्मले घटेको छ । तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटेका कारण नेपाली बजार पनि घटेको अध्यक्ष अग्रवालले बताए ।
सम्बन्धित समाचार
-
प्रधानमन्त्री र युरोपेली युनियनकी आयुक्तबीच भेटवार्ता
-
एमालेले सबै केन्द्रीय सदस्यलाई दुई महिनासम्म पालिकामा खटाउने
-
नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु : आइएफआरसी महासचिव चापागाईं
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्दै
-
लमजुङको बुलबुलेलाई केन्द्र विन्दु बनाएर भूकम्पको धक्का
-
लोकसेवा परीक्षामा थारू समुदायलाई आरक्षण दिन सर्वोच्चको आदेश
-
देउवालाई विपक्षी दलको नेता नबनाउन माग गरेको रिट सर्वोच्चमा दर्ता
-
भारतलाई हराउँदै नेपाल साफ यू२० महिला फुटबलको फाइनलमा
-
मधेश सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ
-
भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
-
मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी, सुनिता मन्त्री र रहबर राज्यमन्त्री
-
घरमा आगलागी हुँदा जुम्लामा १४ बर्षीया बालिकाको मृत्यु
Leave a Reply