माओवादी अध्यक्ष प्रचण्डले शिवनगरबाट गरे मतदान
४ मंसिर,चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’ले चितवनको शिवनगरबाट मतदान गरेका छन् । अध्यक्ष प्रचण्डले चितवनको नेपाल पुलिस स्कुल , शान्तिपुर ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।
मतदानपछि पत्रकारहरुको प्रश्नको जवाफ दिंदै उनले गठबन्धन प्रधानमन्त्रीकै विवादले नटुट्ने बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीको उम्मेद्वार धेरै छन् । निर्वाचन सकिएपछि प्रधानमन्त्री समस्याको विषय हुँदैन । गठबन्धनमा राम्ररी सल्लाह भएर सहजता साथ प्रधानमन्त्री छनौट गरिन्छ।
उनले संविधानसभाबाट संविधान घोषणा भएपछिको दोस्रो चरणको निर्वाचन भएकोले यसलाई आफूले ऐतिहासिक महत्वको ठानेको बताएका छन् ।
जीत हार भन्दा पनि निर्वाचन राम्ररी सम्पन्न हुनु ठूलो कुरा भएको उनले बताएका छन् । उनले भने, विगतमा संविधानमाथि नै घात हुने हो कि भन्ने अवस्था आएको थियो । अहिले कुन पाटीले कति भोट ल्यायो भन्दा पनि स्वच्छ धाँधलीरहित निष्पक्ष निर्वाचन हुन ठूलो कुरा हो । संविधानमाथि नै प्रश्न उठाउनेको लागि यो निर्वाचन ठूलो जवाफ हो ।
यो चुनावले देशलाई नयाँ प्रक्रियामा लाने कुरामा आफू विश्वस्त भएको उनले बताए । गोरखाको निर्वाचन क्षेत्र न २ बाट उठेको भए पनि चितवन गृह जिल्ला भएकोले आफूले चितवन नछाडेको बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply