माओवादी अध्यक्ष प्रचण्डले शिवनगरबाट गरे मतदान
४ मंसिर,चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’ले चितवनको शिवनगरबाट मतदान गरेका छन् । अध्यक्ष प्रचण्डले चितवनको नेपाल पुलिस स्कुल , शान्तिपुर ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।
मतदानपछि पत्रकारहरुको प्रश्नको जवाफ दिंदै उनले गठबन्धन प्रधानमन्त्रीकै विवादले नटुट्ने बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीको उम्मेद्वार धेरै छन् । निर्वाचन सकिएपछि प्रधानमन्त्री समस्याको विषय हुँदैन । गठबन्धनमा राम्ररी सल्लाह भएर सहजता साथ प्रधानमन्त्री छनौट गरिन्छ।
उनले संविधानसभाबाट संविधान घोषणा भएपछिको दोस्रो चरणको निर्वाचन भएकोले यसलाई आफूले ऐतिहासिक महत्वको ठानेको बताएका छन् ।
जीत हार भन्दा पनि निर्वाचन राम्ररी सम्पन्न हुनु ठूलो कुरा भएको उनले बताएका छन् । उनले भने, विगतमा संविधानमाथि नै घात हुने हो कि भन्ने अवस्था आएको थियो । अहिले कुन पाटीले कति भोट ल्यायो भन्दा पनि स्वच्छ धाँधलीरहित निष्पक्ष निर्वाचन हुन ठूलो कुरा हो । संविधानमाथि नै प्रश्न उठाउनेको लागि यो निर्वाचन ठूलो जवाफ हो ।
यो चुनावले देशलाई नयाँ प्रक्रियामा लाने कुरामा आफू विश्वस्त भएको उनले बताए । गोरखाको निर्वाचन क्षेत्र न २ बाट उठेको भए पनि चितवन गृह जिल्ला भएकोले आफूले चितवन नछाडेको बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply