१३ माघ २०७९, शुक्रबार ०७:५०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रभु बैंकको सीईओमा पुनः अशोक शेरचन नियुक्त
१३ माघ, काठमाडौं । अशोक शेरचन पुनः प्रभु बैंकको प्रमुख कर्याकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई सीईओमा पुनः नियुक्त गरेको हो ।
माघ २०७५मा सीईओमा नियुक्त भएका उनी सेञ्चुरी बैंकसँग मर्जर लगत्तै सीईओमा तेहेरिएका हुन् । १८ माघदेखि उनले ४ वर्षीय तेस्रो कार्यकालय सुरु गर्नेछन् ।
एउटा बैंकमा २ कार्यकालभन्दा बढी सीईओ हुन नपाउने व्यवस्था भएपनि मर्जरमा गएका बैंकका लागि यो नियममा छुट पाउँछन् ।
सन् १९९५ मा तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करियर थालेका उनले बैंकिङ क्षेत्रमा २७ वर्षको अनुभव हासिल गरेका छन् ।
नेपाल बंगलादेश बैंक, प्रभु फाइनान्स र प्रभु विकास बैंक हुँदै उनी प्रभु बैंकको सीईओ बनेका थिए । २६ पुसबाट सेञ्चुरी बैंक प्राप्ति गरेर प्रभुले एकीकृत कारोबार थालेको थियो ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply