भारतबाट बढेर आयो इन्धनको मूल्य
१८ माघ, काठमाडौं । भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको छ ।
पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको निगम स्रोतले बतायो । यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ ।
भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिएको स्रोतको दाबी छ ।
यसअघि नै निगमलाई भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने ९ अर्ब र सरकारी ऋण ७ अर्ब गरी १६ अर्ब भन्दा धेरै बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ । भारतबाट नयाँ मूल्य आए पनि उपभोक्ता मूल्य तोक्नेबारे भने निगम बोर्ड बैठक वा निगमले निर्णय गर्नु पर्नेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply