बुटवल-बर्दघाट विद्युत प्रसारण लाइन आजदेखि ४ घण्टा बन्द
२६ माघ, बुटवल । बुटवल-बर्दघाट १३२ केभी डबल प्रसारण लाइनमा बिहीबार (आज) देखि दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।
नवलपरासी पश्चिम सुनवल नगरपालिका बडेरास्थित न्यू बुटवल सबस्टेशन नजिकै प्राधिकरणको कालिगण्डकी प्रसारण कोरिडोर आयोजनाको एमसीटी १६ को टावर निर्माण गर्न विद्युत प्रसारण बन्द (सट डाउन) गर्न लागेको हो ।
नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीड महाशाखाले सार्वजनिक सूचना जारी गर्दै आजदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको हो ।
प्रसारण लाइनमा विद्युत आपूर्ति बन्द हुँदा प्राधिकरणको बुटवल ग्रीड महाशाखा अन्तर्गत बुटवल, सुनवल र मैनहिया (रुपन्देही) सब स्टेशनहरुबाट सञ्चालित औद्योगिक क्षेत्र तथा गाह्रस्थ उपभोक्ताहरु प्र्रभावित हुने प्राधिकरणले जनाएको छ ।
प्रसारण लाइन सटडाउन हुँदा बुटवल औद्योगिक क्षेमा रहेका ६५ सहित देवदह, सुनवल, भुमही र बर्दघाटसम्मका करिब दुई सय उद्योगहरुमा दैनिक चार घण्टा विद्युत प्रसारण हुनेछैन । यसबाट उद्योगको उत्पादन र सयौं मजदुरको रोजगारी प्रभावित हुने बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराई बताउँछन् ।
‘एक हप्ता लामो विद्युत सट डाउनले आम सर्वसाधारणको जनजीवन मात्र प्रभावित नभई उद्योगहरूको करिब ५० प्रतिशत उत्पादन घट्ने र समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने देखिन्छ’ अध्यक्ष भट्टराईले भने, ‘यस्तो अबस्थामा प्राधिकरणले यो अवधिको डिमाण्ड चार्ज छुट गर्नुपर्छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply