पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान
२५ फागुन, काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार) देखि नियमितरूपमा रात्रिकालीन उडान शुरु हुने भएको छ । विमानस्थलमा उपकरणका आधारमा विमान उडान-अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणाली लागू भएपछि पहिलो पटक बुद्ध एअरले नियमित तालिकामा रात्रिकालीन उडान गर्न लागेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गएको ११ गतेदेखि आईएफआर प्रणाली लागू भएको हो । अहिले विमानस्थलबाट बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका आधारमा रातिको १२ बजेसम्म उडान गर्न सकिने छ ।
आज बेलुका पोखराका लागि काठमाडौँ, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्ध एअरका चार जहाजले रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार अहिलेसम्म बुद्ध बाहेकका अन्य कम्पनीले भने रात्रिकालीन उडानको तालिका पेस गरेका छैनन् । गएको १८ गते सौर्य एअरलाइन्स राति पोखरा विमानस्थलमा अवतरण भए पनि यो उडान नियमित तालिकाअनुसार थिएन ।
पोखराको पुरानो विमानस्थलमा आईएफआर प्रणाली नहुँदा यसअघि रात्रिकालीन उडान हुनसकेको थिएन । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै रात्रिकालीन उडानको ढोका खुलेको हो । पोखरामा रात्रिकालीन उडान शुरु भएसँगै यात्रुलाई सहज हुने र यसबाट पर्यटन क्षेत्रलाई लाभ पुग्ने पर्यटन व्यवसायी बताउँछन् ।
अंग्रेजी नयाँ वर्षको पहिलो दिन गएको पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन गरिएको थियो । त्यही दिनदेखि आन्तरिक उडान भए पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान अझै सुरु हुनसकेको छैन । सरकारले अन्तर्राष्ट्रिय उडानका लागि छिमेकी देशहरुसँग कुटनीतिक पहल भइरहेको जनाएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
Leave a Reply