माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भए : ओली
२६ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर लागि परेको आरोप लगाएका छन् ।
विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीहरुको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरुलाई चोइटो बुझाइदिएको अध्यक्ष ओलीको आरोप छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रिय कमिटीको सपथ ग्रहण समारोहमा उनले राजनीतिमा इमान्दार प्रयास नगरेका कारण माधव नेपालहरुले सफलता हासिल गर्न नसकेको बताए ।
अध्यक्ष ओलीले दुई तिहाई पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरुले राजनीतिमा बेइमानी गरेको आरोप लगाए ।
हामीले हाम्रै आन्दोलनमा देखेका छौं । फउल खेल्नेहरुले दुई तिहाईमा पुगेको पार्टीलाई कमजोर बनाए । दुई तिहाईको हैसियतको पुगेको आन्दोलनलाई विभाजित गराए । विधि, प्रक्रिया भन्दै प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर पार्टी फुटाएर लगेर चोइटो प्रतिक्रियावादीहरुलाई बुझाउने दुष्चेष्टा गरे,ओलीले भने, सबै गरे । तर तिनीहरुले वास्ताविक सफलता हासिल गर्न सकेनन् ।
उनले बेइमानीले श्रेष्ठता हासिल नहुने भन्दै इमान्दार प्रयासबाट पाएको सफलता नै असली सफलता भएको उनले बताए ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
Leave a Reply