डाबर नेपालले नौं अर्ब ६८ करोड थप लगानी गर्ने
१४ वैशाख,काठमाडौं । लगानी बोर्ड र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधकरण परियोजना निर्माण, सञ्चालन र व्यवस्थापनका लागि पुनः लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बोर्डको कार्यालयमा आज भएको एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका तर्फबाट ‘बिजनेश हेड’ हरकिरतसिंह वेदीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको बोर्डका उपसचिव राजुप्रसाद गुरागाईंले जानकारी दिए ।
उद्योगको क्षमता वृद्धि तथा उत्पादन विविधकरणको लागि बोर्डको ४९ औं बैठकले २०७८ माघ २५ को बैठकले लगानी स्वीकृत गरेको थियो । डाबर नेपालले पेश गरेको क्षमता वृद्धिसम्बन्धी परियोजना प्रस्तावअनुसार नौ अर्ब ६८ करोड थप लगानी गर्नेछ । समझदारीपत्रमा हस्ताक्षरपछि डाबर नेपालका वेदीले नेपालमा आर्जित पूँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पूँजी बढाउन पाउँदा हर्षित भएको बताएका थिए ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले डाबर नेपालका तर्फबाट हुन लागेको पुनः लगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास र व्यवसाय विस्तारको प्रचुर सम्भावनालाई उजागर गरेको बताए । उद्योगमन्त्री रिजालले डाबर नेपालको पुनः लगानीले लगानीकर्ता माझ ठूलो सन्देश प्रवाहित हुने उल्लेख गर्दै नेपालमा लगानी गर्न चासो राख्ने विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिरहेकाबाट सुन्न र यहाँ सञ्चालित व्यवसाय हेरेर निर्णय लिनसक्ने उल्लेख गरे ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply