१८ एसएसपीको काज र पदस्थापन, कसको कहाँ ?
२६ वैशाख, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज तथा पदस्थापन गरेको छ । बढुवा भई सोमबार ओहदाको फूली लगाएका एसएसपीहरुलाई प्रहरी मुख्यालयले मंगलबार पदस्थापन गरेको हो ।
पदस्थापन हुने एसएसपीहरुमा विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दिप शम्शेर जबरा, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रबिण पोखरेल, गंगा पन्त, कृष्ण बहादुर पल्लीमगर, विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन छन् ।
अधिकारीको अन्वेषण योजना तथा विकास निर्देशनालय, खत्रीलाई प्रहरी महानिरीक्षकको सचिवालय (काज), भट्टराईलाई महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय, ओम अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, खनाललाई सुपरिवेक्षण तथा अनुगमन महाशाखा, काफ्लेलाई मानवस्रोत विकास विभाग, राठौरलाई कार्य विभाग, मरासिनीलाई सुरक्षा सेवा व्यवस्थापन महाशाखा, जबरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पाण्डेलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (काज), मैनालीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय (रानीपोखरी), भट्टराईलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, पोखरेललाई मधेस प्रदेश प्रहरी कार्यालय धनुषामा पदस्थापन गरिएको छ ।
त्यसैगरी पल्ली मगरलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, पोखरेललाई प्रशासन विभाग (काज), थापालाई कार्य विभाग (काज) र महर्जनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीमा पदस्थापन गरिएको प्रहरी मुख्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
Leave a Reply