१८ एसएसपीको काज र पदस्थापन, कसको कहाँ ?
२६ वैशाख, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज तथा पदस्थापन गरेको छ । बढुवा भई सोमबार ओहदाको फूली लगाएका एसएसपीहरुलाई प्रहरी मुख्यालयले मंगलबार पदस्थापन गरेको हो ।
पदस्थापन हुने एसएसपीहरुमा विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दिप शम्शेर जबरा, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रबिण पोखरेल, गंगा पन्त, कृष्ण बहादुर पल्लीमगर, विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन छन् ।
अधिकारीको अन्वेषण योजना तथा विकास निर्देशनालय, खत्रीलाई प्रहरी महानिरीक्षकको सचिवालय (काज), भट्टराईलाई महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय, ओम अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, खनाललाई सुपरिवेक्षण तथा अनुगमन महाशाखा, काफ्लेलाई मानवस्रोत विकास विभाग, राठौरलाई कार्य विभाग, मरासिनीलाई सुरक्षा सेवा व्यवस्थापन महाशाखा, जबरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पाण्डेलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (काज), मैनालीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय (रानीपोखरी), भट्टराईलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, पोखरेललाई मधेस प्रदेश प्रहरी कार्यालय धनुषामा पदस्थापन गरिएको छ ।
त्यसैगरी पल्ली मगरलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, पोखरेललाई प्रशासन विभाग (काज), थापालाई कार्य विभाग (काज) र महर्जनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीमा पदस्थापन गरिएको प्रहरी मुख्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply