बुद्धमा भारी छुट
काठमाडौं । नेपालको अग्रणी विमानसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको ऐतिहासिक तथा धार्मिक नगरी वाराणसीमा आउँदो असार १५ गतदेखि साताको दुई उडान गर्ने कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए ।
हिमालय होटलमा आयोजित प्रेस कन्फ्रेन्समा निर्देशक बस्नेतले दुई पौराणिक नगरी काठमाण्डौ र वाराणसीलाई नेपालको बुद्ध एयरले मात्रै हवाई उडानबाट जोडेको बताए । बुद्धले वाराणसीमा यसअघि मासिक दुई उडान भर्ने गरेको थियो । बुद्ध एयरले उडानसँगै नेपाली तथा भारतीय यात्रु र तीर्थालुहरूलाई भारी छुटमा पर्यटकीय तथा धार्मिक यात्रा प्याकेज पनि उपलब्ध गराउनेछ ।
पत्रकार सम्मेलनमा निर्देशक बस्नेतले नेपालगन्ज तथा भारतको नयाँदिल्ली उडानबारे पनि संक्षिप्त चर्चा गरेका थिए । यसका लागि कम्पनीले यही साताभित्रै मन्त्रालय तथा विभागहरूमा निवेदन बुझाउनेछ । बुद्ध एयरका रिसर्च तथा डेभलपमेन्ट विभागकी आस्था बस्नेतले कम्पनीको वेबपोर्टल तथा प्याकेजहरूबारे चर्चा गरेकी थिइन् । नयाँ बन्न लागेको वेबपोर्टल युजर फ्रेन्डली हुने र यसबाट केही क्लिकमै नेपालका पर्यटकीय तथा तीर्थस्थलहरूबारे सजिलै जानकारी पाउने बताइन् । वेबपोर्टलमा नेपालका रमणीय स्थलहरूसम्बन्धी मल्टीमिडिया तथा फोटो फिचरहरू हुनेछन् । आरएन्डडीकी एक्जुकेटिभ अफिसर बस्नेतले बुद्ध एयरको होलिडे प्याकेजहरूबाट बुद्ध एयरलाई मात्र नभई सबै सरोकारवालाहरूलाई उत्तिकै फाइदा हुने प्रस्ट पारिन् । प्याकेजबाट होटल, ट्रान्सपोर्टेसन, टुर गाइडलगायत अन्य सबैलाई फाइदा हुनेछ । बुद्ध एयरले केही साताअगाडि मात्रै ‘पशुपतिनाथ दर्शन’ र ‘विविध वाराणसी’ यात्राबारे भिडियोहरू सामाजिक सञ्जालबाट सार्वजनिक गरेको थियो ।
भारतीय तथा विदेशी पर्यटकका लागि टेम्पल रन, टेल अफ टु भ्यालिज, टेम्पलस एन्ड टाइगर्स तथा मनकामना, जानकी, मुक्तिनाथ दर्शन तथा अन्य प्याकेजहरू पनि छन् । यसैगरी, नेपाली यात्रुहरूको लागि वाराणसी, सारनाथ, गया, बोधगया, इहालाबाद, प्रयाग, अयोध्यालक्षित प्याकेजहरू पनि रहेको उनले बताइन् ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply