खनालको शल्यक्रिया
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको शल्यक्रिया सफल भएको छ । यही साउन ६ गते उपचारका लागि चीन प्रस्थान गरेका वरिष्ठ नेता खनालको प्याराथाइराइड र मिर्गाैला पत्थरीको शल्यक्रिया गरिएकोे हो ।
अहिले शल्यक्रियापछि वरिष्ठ नेता खनाल उपचारमा संलग्न चिकित्सकहरूको निगरानी र नियमित सम्पर्कमा आराम गरिरहेको उनको सचिवालय सदस्य कृष्ण भट्टराईले जानकारी दिए । वरिष्ठ नेता खनालको चीनको सिचुवान प्रान्तस्थित इन्टरनेसनल हस्पिटल अफ सिचुवान प्रोभिन्समा शल्यक्रिया गरिएको हो ।
उनको उपचारमा त्यहाँ १२ जना वरिष्ठ चिकित्स टोली संलग्न थिए । वरिष्ठ चिकित्सक ली नेतृत्वको टोलीले उनको मिर्गाैलाको उपचार गरेको थियो भने अर्का वरिष्ठ चिकित्सक वाङ नेतृत्वको टोलीले स्टोनको शल्यक्रिया गरेको थियो । उनी दुई साताको सफल उपचारपछि सम्भवतः यही साउन २१ गते नेपाल फर्कने बताइएको छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply