कुरकुरे र रक्सी बेचेर उत्पादनमुखी भइन्छ ?
सम्मानीय प्रधानमन्त्रीज्यू,
दस दिनदेखि गाउँतिर विद्यार्थीसँग अध्ययन–अध्यापनका क्रममा बस्ता जनताहरू निरास हुन थालेको पाएँ । सोझासीधा जनताले तल लेखेका कुराहरू प्रधानमन्त्रीलाई तपाईंले भनिदिनुहोस् भनेका हुँदा, सूत्रबद्ध गरेको हुँ ।
१. जनताको चाहना विकास हो । जनता उत्पादनको सीप, असल बीउ, सिँचाइको सुविधा र मलको यथोचित व्यवस्था चाहन्छन् । उनीहरूको आफ्ना स्थानीय प्रतिनिधिमाथि भरोसा भएको पाएँ तर स्थानीय तहमा क्रियाशील सरकारलाई केन्द्रका कर्मचारीले कज्याएको मात्रै होइन, उल्लु बनाएको पाएँ । स्थानीय निकायलाई काम गर्न सक्ने अवस्थाको सिर्जना गरी दिनुहोस् ।
२. कृषि हाम्रो राष्ट्रिय अर्थतन्त्रको आधार हो । सन् १९९४ सम्म हामी अन्न बेच्ने देशमा थियौं । तर २००२ मा हामीले ८ अर्बको खाद्यान्न आयात ग¥यौै । २०१७ मा हामीले एक खर्ब आठ अर्बको खाद्यान्न आयात गरेछौं । गाउँघरका जमिन बाँझा छन् । राम्रा उत्पादनशील जमिन जति सबै माफियाले प्लटिङ गरिसकेछन् । बस्तीलाई व्यवस्थित गरी पहाडहरू खाली गरी बाख्रा भेडा र अन्य मासुयोग्य पशुपालनको विकास गर्न सके अर्बाैंको आयात प्रतिस्थापन गर्न सकिन्छ भन्छन् ग्रामिण जनता । पहिला कृषिमा जनताको उत्पादकत्व विकास गरौं । बैंकबाट ऋण लैजाऊ भनेर देश विकास हुँदैन । सरकारले पहिला बजार विकास गर्नुपर्छ । उत्पादनलाई बजार पु¥याउन सजिलो र भरोसायुक्त सडक सञ्जाल निर्माण गर्नुपर्छ । पहाड डोजरले खोतलेर सक्न लागे । यो पैसा ठूल्ठूला सडक निर्माणमा लगाऊ । एकपटक निर्माणको महोल तयार भएपछि नाजायज विरोध गर्नेहरू दुलामा पस्नेछन् ।
३. समाजवादी व्यवस्थाले नवउदारवाद बोक्न सक्तैन । जनताको विकासमा चीनले सबैभन्दा पहिला विवाह कानुनको सुधार ग¥यो । पतिपत्नी दुवैलाई समान व्यक्ति बनायो, लोग्ने मानिस र स्वास्नी मानिस होइन । मजबुत परिवार मात्र समाजको भरपर्दो एकाइ हो । परिवार दह्रो भएन भने समाज रोगी हुन्छ । अहिलेको नेपाली समाज रोगी छ । कुरौटे र निराशावादी छ । त्यसमा पनि पश्चिमी हावा भरेर हाम्रा परिवारहरू एनजीओले भत्काइसके । चीनले गरेको दोस्रो सुधार थियो जमिनको व्यवस्थापन । जमिनलाई उत्पादनशील नबनाई राष्ट्रको स्वास्थ्य राम्रो हँुदैन । हामीले त मानिसलाई कुर्कुरे, बियर र रक्सी बेच्ने बनायौं । खेती होइन सडकमा कोक, पेप्सी, रक्सी, बियर, कुर्कुरे बेच्ने जनताबाट कसरी राष्ट्रलाई उत्पादनमुखी बनाउन सकिन्छ ? चौथो सुधार थियो स्वास्थ्यको । सरकारले खेलकुदद्वारा नागरिकलाई स्वस्थ बनायो । पाचौं सुधार थियो शिक्षाको । शिक्षा राज्यले आफ्नो जिम्मामा लियो । हाम्रोमा त स्कुलदेखि नै विदेश जान प्रेरित गर्छौं । शिक्षा व्यापार बनेको छ । २०२८ सालदेखि नै हाम्रो शिक्षा विदेशीको नियन्त्रणमा गयो । त्यसपछि हाम्रो शिक्षाको नीति सधैं विदेशीले बनाउँदै आएका छ्न । २०१७ सालमा ४५ हजार बिद्यार्थी विदेश गए र उनीहरूले ५० अर्बको हाराहारीमा नेपालको धन विदेश लगे । विदेशीलाई नेपालमा ल्याएर शिक्षाको प्रदर्शनी गर्ने र त्यहीबाट नेपाली बिद्यार्थी विदेश पठाउने व्यापारीको संख्या सानो छैन । यी सुधार नगरी देश अगाडि बढ्दैन ।
४. १० वर्षमा सरकारले ५४ अर्बका गाडी किनेछ । गरिबको शिक्षा स्वास्थ र उत्पादकत्व विकास नगरी देश विकास हुँदैन ।
५. प्रधानमन्त्रीज्यू ! नेपालका नवउदारवादी अर्थशास्त्रीका हिसाबीय जादुले देशलाई ठग्नुसम्म ठग्यो । धनीको पैसा कागजमा गरिबलाई बाँडेर नेपालमा गरिबी घटेर १८ प्रतिशतमा झ¥यो भन्ने कुरा उल्लु कुरा मात्र हो । नेपालमा ८० प्रतिशत मानिस गरिब छन् । त्यसैले निजीकरणको दुहाइले नेपाली जनताको उत्पादकत्व बढ्दैन । सुँगुरको पाठो दिएर गरिब धनी हुँदैन । गरिबलाई उत्पादनमा लगाउनुपर्छ । उसलाई उत्पादनको सीप दिनुपर्छ । उत्पादन गर्ने साधन दिनुपर्छ । बजारको निर्माण गर्नुपर्छ र यातायातको सञ्जाल निर्माण गर्नुपर्छ ।
५. धन र आम्दानीमा भेदभाव ठूलो छ नेपालमा । माथिका धनी १० प्रतिशतले करिब ५५ प्रतिशत अमदानी एकलौटी खान्छन् । प्रधानमन्त्रीज्यू ! गरिबले बाँच्न कर तिर्छ । दुई रोपनीमा दुई मुरी कोदो फलाएर दुई महिना खोले खान्छ र बनी गरेर मालपोत तिर्छ । उसले तिरेको करबाट कर्मचारी र नेता गाडी चढ्छन् । चढून् तर गरिबको उत्पादकता त निर्माण गर्नुप¥यो नि । तलका गरिबको खर्च गर्ने क्षमता वर्षमा १८ हजार मात्र छ । कसरी बाँच्छ होला, एउटा गरिब मासिक १ हजार ५ सय रुपैयाँमा ?
६. हाम्रो संविधानको लक्ष्य त समाजवाद हो भन्यो, तर हामी समाजवादतिर गइरहेका छैनौं । हामी अहिले पनि नवउदारवादको चंगुलमा नै छौं ।
७. प्रान्तीय सरकारलाई संघका कर्मचारीले उल्लु बनाएका छन् । बिनाकाम खर्च गर्न प्रान्तीय सरकार बाध्य भएका छन् ।
मेरो हार्दिक अनुरोध छ । नेपाली जनतालाई अभावबाट निकाल्नुहोस् । देशको सम्पूर्ण बौद्धिकतालाई देशको सेवामा उत्रिने मौका दिनुहोस् । विश्व बैंकको मोडेल फेल भइसक्यो । नयाँ मोडेलको खोजी गर्न दिनुहोस् । साँघुरो घेराबाट बृहत् घेरातिर जानुको विकल्प छैन । अब पनि देश आर्थिक समृद्धिको बाटोमा जान सकेन भने नेपाललाई विदेशीले असफल रास्ट्र बनाउनेछन् । एकनाथजस्ता मानिसहरू तपाईंहरूलाई असफल पार्न उद्यत छन् । तपाईंहरूको हित चाहने भए त यिनले पनि वामपन्थी भएर काम गरिहाल्थे नि !
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
Leave a Reply