माननीयमाथि यत्रो बात
काठमाडौं । सल्यानकी नेकपा नेतृ मैमाकुमारी खत्रीले नेकपाबाट प्रतिनधिसभा सदस्य निर्वाचित टेकबहादुर बस्नेतविरुद्ध पार्टी कार्यालय धुम्बाराहीमा उजुरी हालेकी छन् । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमला दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरी दिइएको उजुरीमा नेकपा कर्णाली प्रदेश कमिटीका अध्यक्षलाई बोधार्थ दिइएको छ । फागुन २७ गते उनले दिएको सो उजुरीमा सांसद बस्नेतले आफूलाई यौनहिंसा गर्नुका साथै चार लाख नगद लिएर नदिएको भन्दै सो रकम फिर्ता दिलाइदिन र आवश्यक कारबाही गर्न माग गरेकी छन् ।
तत्कालीन माओवादीका नेता लालबहादुर बस्नेतसँग ११ वर्ष लामो वैवाहिक जीवनपछि २०७० सालमा सम्बन्ध विच्छेद गरी व्यापार–व्यवसाय गर्दै आएकी उनले आफूलाई सांसद टेकबहादुरले मोबाइलमा अश्लील सन्देश पठाउने र अन्य तरिकाबाट पनि यौन दुव्र्यवहार गर्ने गरेको बताएकी छन् । सुरुमा अभिभावकले जस्तो सोधखोज गरि स्थानीय तह निर्वाचनका बेला टिकट दिलाउन पहल गरेको तर आफूसँग मतदाता नामावली र नागरिकताको नामथर नमिलेका कारण टिकट नपाएको उल्लेख गर्दै उनले उजुरीमा भनेकी छन्, ‘म एक्लै भएपछि उहाँले मेरो मात्र नभएर छोराहरूको पढाइ लेखाइबारे पनि सोध्नुहुन्थ्यो । उहाँको त्यो व्यवहारले मलाई उहाँ एउटा नेता मात्र नभएर अभिभावकजस्तै लागेको थियो ।’
२०७४ भदौमा सामान्य प्रशासनमन्त्री भएका बेला काठमाडौंबाट फेसबुकमा च्याटमार्फत ४ लाख रकम आवश्यक परेको भन्दै जसरी पनि ऋण सापटी मागेपछि ज्वाइँ कमल रेउलेसँग २ लाख ५० हजार, स्थानीय व्यापारी खुमबहादुर डाँगीबाट १ लाख र आफूसँग भएको ५० हजार गरी जम्मा ४ लाख दिए पनि अहिले आफूले पैसा नै नलिएको भन्दै पन्छिन थालेको बताएकी छन् । पछिल्लो समय त कहिले काठमाडौं, कहिले नारायण गढ बोलाउने, अभिभावक ठानेर विश्वास गरेको, मन्त्री भइसकेको त्यस्तो नेताले फेसबुकमा च्याटमार्फत यौनजन्य गतिविधिमा संलग्न कुराहरू लेख्दै घुमाउरो पारामा यौन प्रस्तावसम्म राख्ने गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् । आफूले उनको नियत थाहा पाएपछि दिएको पैसा फिर्ता माग्दा ‘केको पैसा ? कहाँ, कहिले दिएको ? के कागज छ ? तेरो त्यत्रो पैसा मलाई दिने के हैसियत ?’ भन्दै उल्टै थकाउन थालेको पीडितले बताएकी छन् ।
आफूले सममान गर्ने नेतालाई विश्वास गरेर कुनै कागज नगरी पैसा दिएको हुनाले अहिले प्रहरीमा ठगी उजुरी हाल्न पनि आफू कानुनी रूपमा कमजोर रहेकाले पार्टी नेतालाई गुहार्नुपरेको उनले खुलाएकी छन् ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply