८६ वर्षमा मन्त्रीका लागि निवेदन
काठमाडौं । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा आफ्ना सुपुत्र सुनील थापालाई मन्त्री बनाउनका लागि सक्रिय छन् । राजनीतिमा आफ्नो बिँडो थाम्नका लागि थापाले छोरालाई अघि बढाएपछि राजनीतिका पारंगत खेलाडी दीपक बोहराले पनि मन्त्रीको आफ्नो दाबी अहिलेसम्म नछाडिरहेका बेला थापाका अगाडि मन्त्री बन्न पाउँ भनेर निवेदन पुगेको छ ।
वर्तमान सरकार गठन हुँदा थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एउटा मन्त्रालय भागमा परेपछि दुई जना आकांक्षीहरूका कारण अहिले मालिगाउँलाई ठूलै तनाव छ । र, मन्त्री पदका कारण पार्टीभित्र चुलिँदै गएको विवाद साम्य पार्न आफ्नो पार्टीले दुई मन्त्रालय पाउनुपर्ने दाबी राप्रपाले गरेको छ । मन्त्रीका लागि राप्रपाभित्र द्वन्द्व चर्किरहेकै बेला अर्का एक जना वृद्ध आकांक्षी पनि मन्त्री पाउने लालसामा उभिएका छन् । थापाभन्दा करिब डेढ वर्ष कान्छा पर्वतका शेरबहादुर गुरुङ त्यस्ता पात्र हुन्, जसले मन्त्री पद पाउनुपर्ने जिकिर गर्दै मालिगाउँसमक्ष निवेदन हालेका छन् । गएको फागुन १४ गते मालिगाउँस्थित थापा निवासमा पार्टीको बैठक चलिरहेका बेला उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै मन्त्री पद पाउनका लागि निवेदन दिएका हुन् । घरभित्र बैठक चलिरहेको हुँदा गुरुङले थापाको स्वकीय सचिवलाई निवेदन बुझाएका थिए । गुरुङ अहिले ८६ वर्षमा हिँड्दैछन् ।
अध्यक्ष थापासमक्ष निवेदन दिएको १५ दिन बितिसक्दा पनि आफूलाई केही खबर नआएको गुरुङले बताए । उनले भने– ‘मन्त्री पदका लागि अरूले दाबी गर्दा मैले चाहिँ किन गर्न नहुने ? मेरो जति योगदान अरू कसको छ र ? तर, अध्यक्षले अहिलेसम्म केही खबर गर्नुभएको छैन ।’ आफूले अध्यक्ष थापालाई पहिलेदेखि नै चिनेको हुँदा के गर्ने, कसो गर्ने भन्नेबारे उहाँले नै निर्णय गर्नुहुने पनि गुरुङले बताए ।
पर्वतमा जन्मिए पनि पछि बुटवलमा बसाइ सरेका गुरुङले अहिले पर्वतबाटै मतदाता नामावली बनाएको बताए । आफूले मन्त्री पद पाउनुपर्ने तर्क गर्दै उनले भने– ‘मैले धेरै सामाजिक काम गरेको छु । त्यही कारण पनि मैले नै मन्त्री पद पाउनुपर्छ ।’ २०२८ सालमै राजसभा स्थायी समिति सदस्य रहेका गुरुङले पार्टीले आफूलाई मन्त्रीमा सिफारिस गरेर राम्रो काम गरेर देखाउने बताए ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply