एउटा श्रेयष्कर कदम
जीवनपर्यन्त सिर्जनाको धरातलमा क्रियाशील नेपाली स्रष्टा÷सर्जकहरूका कर्तृृृत्यबारे खोजबिन गर्दा सहज रूपमा कुन माध्यममा उपलब्ध हुन सक्ला ? निश्चय नै दिवंगत स्रष्टा÷सर्जकका भए स्मृति झल्किने कुनै ग्रन्थ र जीवनी र जीवित स्रष्टाका भने जीवनवृत्त वा कुनै विशेषांक । यी त पाठ्य सामग्रीका कुरा भए । तर, जीवित वा दिवंगत दुवै प्रकारका स्रष्टा÷सर्जकलाई बुझ्ने अर्को आधार श्रव्यदृश्य माध्यम पनि हुन सक्छ । जुन प्रभावकारी माध्यम बन्न सक्छ । पछिल्लो समय प्रविधिको तीव्रतर विकास हुँदै गएको हुँदा देश, विदेशका स्रष्टा÷सर्जकहरूलाई सहज उपलब्ध हुने श्रव्यदृश्य माध्यमहरूमा पनि सहज रूपमा भेट्टाउन सकिने भएको छ ।
हामीकहाँ भने एकाध स्रष्टा÷सर्जकका जीवनवृत्तबाहेक अधिकांशका सामग्री भने अनुपलब्ध नै छन्, श्रव्यदृश्य माध्यमहरूमा । कुनै कुनै स्रष्टा÷सर्जकले आफ्नो रुचि र स्वेच्छाले आफूले वाचन गरेका साहित्यिक, सांस्कृतिक सिर्जना र विचारहरू आममानिसले सहज रूपमा फेला पार्न सक्ने त्यस्ता माध्यमहरूमा राखेका पाइन्छन् । कुनैकुनै पारखी वा कुनै स्रष्टा÷सर्जकप्रति अनुरक्त व्यक्तिले आफूलाई मन परेका सुन्दर सिर्जना पनि त्यस्ता माध्यमहरूमा राख्ने गरेका छन् । तर, यी सबै कुनै योजनाबद्ध रूपमा नभएर स्वतस्फूर्त र स्वेच्छापूर्वक राखिएका हुन् ।
अब भने राष्ट्रिय जीवनमा अहं योगदान अर्पण गरेका साहित्य, भाषा, संस्कृति, संगीत, नाट्य, चित्रकलालगायत सिर्जनशील क्षेत्रका धरोहरहरूबारे राज्यले नै पहल लिनुपर्ने आवश्यकता बोध हुँदै गइरहेको छ । राज्यले योजनाबद्ध रूपमा स्रष्टा÷सर्जकहरूका योगदानलाई आम रूपमा फैलाउने दिशातिर तत्परता देखाउनु अनिवार्य हुँदै गएको छ । त्यस्तो कार्य प्रारम्भ गर्दा दिवंगत र जीवित दुवै स्रष्टा÷सर्जकका योगदानलाई वृत्तचित्रमा उतारेर त्यही माध्यममार्फत देखाउन सकिनेछ, जुन कार्यलाई छिमेकी भारतलगायत अरू देशमा सरकारी तवरबाट नै उच्च प्राथमिकतामा राख्दै आएका छन् । जुन माध्यम अपनाउँदा देशको भाषा, संस्कृति, कला, साहित्यमा उच्च योगदान पु¥याएका स्रष्टा÷सर्जकका कर्तृृत्यबारे सहज ज्ञान र जानकारी उपलब्ध हुन्छ, जोकोहीलाई । र, त्यही माध्यम अपनाउने कार्यमा अरू देशमा सरकारी तवरमा योजनाबद्ध रूपमा नै चासो र तत्परता देखाइँदै आएको छ ।
विगतमा राज्य तहबाटै भाषा, साहित्य, संस्कृति, कलालगायत सिर्जनशील क्षेत्रको विकास र उन्नयनमा प्रयत्न नभएका भने होइनन् । भाषा र वाङ्मयका निम्ति नेपाल प्रज्ञा–प्रतिष्ठान, संगीत र नाट्य विधाका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र समग्र ललितकला क्षेत्रका लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान स्थापित भएर क्रियाशील छन् । राज्यले छुट्याइदिएको बजेटको सीमितताको बावजुद पनि राज्याश्रित यी संस्थाहरूले आफ्ना गतिविधिहरूलाई सुचारु तुल्याउँदै आएका छन् । स्रष्टा÷सर्जकहरूको ‘मन राख्ने’ काम यी संस्थाहरूमार्फत राज्यले गर्दै आएको छ । कम्तीमा पनि केही स्रष्टा ‘बेरोजगार’ बन्ने अवस्थाको अन्त्य भएको छ ।
चाहने हो भने सरकारले तीनवटा प्रज्ञा–प्रतिष्ठानलाई परिचालित गरेर योजनाबद्ध रूपले स्रष्टा÷सर्जकहरूबारे वृत्तचित्र बनाउन सक्नेछ । भाषा, साहित्य, वाङ्मय क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टाहरूबारे नेपाल प्रज्ञा–प्रतिष्ठानलाई जिम्मेवारी दिएर काम गर्न सक्ने अवस्था छ । एउटा दृष्टान्त हेरौं, महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासस्थानलाई संग्रहालय बनाउने तत्परता । महाकवि देवकोटाको जीर्ण निवासस्थानलाई राज्यले नै खरिद गरेर संग्रहालय बनाउने तत्परता लियो र उक्त कार्यका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानलाई राज्यले जिम्मा दिएर परिचालित तुल्याएको छ । प्रज्ञा–प्रतिष्ठानले पनि साहित्य क्षेत्रका एकजना धरोहरलाई आगामी पुस्ताले चिन्ने गरी संग्रहालय निर्माण गर्ने कार्यमा अग्रसरता लिइसकेको छ । आखिर राज्यले चाहने हो भने नहुने भन्ने केही पनि रहेनछ भन्ने दृष्टान्त महाकवि देवकोटाको घर संग्रहालयमा परिणत गर्ने तत्परतालाई नै लिन सकिन्छ ।
जीवित र दिवंगत, दुवै श्रेणीका लेखक, साहित्यकारहरूको वृत्तचित्त निर्माण गर्नेमा नेपाल प्रज्ञा–प्रतिष्ठानजस्तो संस्थालाई जिम्मेवारी दिने र संगीत र नाट्य क्षेत्रका प्रतिभा÷सर्जकहरूका निम्ति नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई र ललितकला प्रज्ञा–प्रतिष्ठानलाई ललितकला क्षेत्रका प्रतिभाहरूबारे वृत्तचित्र बनाउने जिम्मेवारी राज्यले सुम्पिन सक्नेछ । चरणबद्ध रूपमा, वार्षिक योजना बनाएर काम हुँदा राज्यलाई ठूलो आर्थिक भार पनि नपर्ने देखिन्छ ।
स्रष्टा÷सर्जकहरूमाथि राज्यले नै तत्परता देखाएर वृत्तचित्र निर्माण गर्दा दुईटा सन्देश प्रवाहित हुन सक्छ । एउटा त, स्रष्टा÷सर्जकहरूप्रति राज्य गम्भीर छ, उनीहरूका सिर्जनात्मक पाटोलाई उजागर गर्न राज्य लचक छ भन्ने देखाउँछ । अर्को, जीवित स्रष्टा÷सर्जकहरूले पनि गौरव गर्ने विषय बन्छ, यो कार्य । र, दिवंगत स्रष्टाको हकमा भने उनीहरूका परिवारजन र आफन्तहरूले गौरव गर्ने विषय बन्नेछ । तसर्थ, विभिन्न क्षेत्र, समुदायमा रहेर क्रियाशील स्रष्टा÷सर्जकहरूलाई गौरवान्वित तुल्याउन राज्यले उनीहरूका कार्य र योगदानलाई श्रव्यदृश्य माध्यममार्फत आमजनमानसमा पु¥याउन कदम चाल्न श्रेयष्कर हुने देखिन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply