एकीकृत समाजवादी पार्टीमा खुल्न वामदेव गौतमका तीन सर्त
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीमा खुल्न दुई अध्यक्ष हुनुपर्ने शर्तसहित तीन बुँदे लिखित प्रस्ताव राखेका छन्।
नवगठित पार्टीमा दुई अध्यक्ष पद राखेर एउटामा आफूलाई कायम गर्नुपर्ने अडान प्रस्तावमा गौतमले राखेका हुन्।
प्रस्ताव
समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई केही दिनअघि सहमतिको खाका पठाएर उनले पार्टीमा सहभागी हुन तीन बुँदे प्रस्ताव राखेको स्रोतले जनाएको छ।
तर, वामदेवको उक्त प्रस्तावलाई अध्यक्ष नेपालले स्वीकार गरिसकेका छैनन्। बरु नेपालले गौतमको प्रस्तावबारे पार्टीमा छलफल गरेको जवाफ दिँदै साथीहरुले अस्वीकार गरेको जवाफ दिएका छन्।
नवौँ महाधिवेशनबाट निर्वाचित एमाले उपाध्यक्ष भए पनि गौतम पछिल्लो समय स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका छैनन्।
उनले अहिले पनि तटस्थ बसेर ओली र नेपाल दुवैतिर बार्गेनिङ गरिरहेको स्रोतको दाबी छ। गौतमले पत्नी तुल्सालाई भने नेपालको समाजवादीतिर खुल्न पठाएका थिए।
एमालेका महत्वपूर्ण बैठकमा सहभागी नभएकाले गौतम माधव नेपालले गठन गरेको समाजवादीमा जान लागेको चर्चा भइरहेको छ।
तर, समाजवादी पार्टीमा लाग्नको लागि गौतमले अध्यक्ष र सह-अध्यक्षको प्रावधान हुनुपर्ने प्रस्ताव अघि सारेका छन्। त्यसमा सह-अध्यक्ष आफूलाई बनाइनुपर्ने पहिलो प्रस्ताव गौतमले राखेका छन्।
यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, संसद बाहिरबाट मन्त्रिपरिषद् गठन र महाधिवेशनबाट केन्द्रीय कमिटी चयन र केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्नुपर्ने लिखित प्रस्ताव पनि गौतमले पठाएका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply