योङ कम्युनिष्ट लीग (वाईसीएल) ले नयाँ नेतृत्व छान्न सकेन, फागुनभित्र राष्ट्रिय सम्मेलन गर्ने
२२ भदौ, काठमाण्डौ ।सत्तारुढ नेकपा माओवादीनिकट युवा संगठन योङ कम्युनिष्ट लीग (वाईसीएल) ले नयाँ नेतृत्व छान्न नसकेपछि आगामी फागुनभित्र राष्ट्रिय सम्मेलन गर्ने भएको छ।
यही भदौ १२ देखि १५ सम्म काठमाडौंमा भएको राष्ट्रिय भेलाले नेतृत्व चयन नगरी २०४ जना केन्द्रीय सदस्य मात्रै टुंगो लगाएको थियो।
केन्द्रीय कमिटीको मंगलबार बसेको पहिलो बैठकले नेतृत्व छान्ने गरी काठमाडौंको भेला सकिएको थियो। तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गर्दा पनि वाईसीएलको नेतृत्व टुंगो लागेको थिएन।
त्यहीकारण उक्त भेलाले मंगलबारको पहिलो केन्द्रीय कमिटी बैठकबाट अध्यक्षसहितका पदाधिकारी छान्ने निर्णय लिएको थियो। प्रचण्डको उपस्थितिमा आज भएको बैठकले पनि नेतृत्व छान्न नसकेपछि राष्ट्रिय सम्मेलनको नयाँ मिति तोकिएको हो।
राष्ट्रिय सम्मेलनको मिति तय भएसँगै यसअघि काठमाडौं भेलाबाट चयन भएका २०४ केन्द्रीय सदस्य आयोजक कमिटीमा परिणत भएका छन्।
नेतृत्वको विषयलाई लिएर काठमाडौंको भेलास्थलदेखि माओवादी केन्द्रीय कार्यालय पेरिस डाँडासम्म चर्को विवाद भएपछि वाईसीएलले अध्यक्ष, महासचिव र उपाध्यक्षसहितका पदाधिकारी छान्न सकेको थिए।
तर मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको उपस्थितिमा काठमाडौंमा बसेको पहिलो केन्द्रीय कमिटी बैठकले फेरि राष्ट्रिय सम्मेलन गरेर नयाँ नेतृत्व छान्ने निर्णय गरेको हो।
त्यही आधारमा मंगलबार वाईसीएलको राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठन गरिएको हो। आयोजक कमिटीको संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुवोध सेर्पाली तोकिएका छन्।
नेतृत्वको विषयमा तीव्र विवाद भएपछि अघिल्लो हप्ता चार दिन चलेको सम्मेलनले २०४ सदस्यीय केन्द्रीय समिति मात्रै चयन गरेको थियो।
वाईसीएलबाट लामो समयपछि रामप्रसाद सापकोटा ‘दीपशिखा’ले विदा लिँदा नयाँ नेतृत्वका लागि चर्को विवाद भएको थियो।
वाईसीएलको नयाँ अध्यक्षमा वर्तमान उपाध्यक्ष देवकोटा र महासचिव सेर्पालीबीच संघर्ष भएको थियो। देवकोटालाई अध्यक्ष बनाउने तयारी प्रचण्डले गरे पनि वाईसीएलको विवाद मिल्न सकेको थिएन।
वाईसीएलले पदाधिकारी चयन गर्न नसकेपछि फागुनमा राष्ट्रिय सम्मेलन गर्ने गरी आयोजक कमिटी बनाएको हो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply