योङ कम्युनिष्ट लीग (वाईसीएल) ले नयाँ नेतृत्व छान्न सकेन, फागुनभित्र राष्ट्रिय सम्मेलन गर्ने
२२ भदौ, काठमाण्डौ ।सत्तारुढ नेकपा माओवादीनिकट युवा संगठन योङ कम्युनिष्ट लीग (वाईसीएल) ले नयाँ नेतृत्व छान्न नसकेपछि आगामी फागुनभित्र राष्ट्रिय सम्मेलन गर्ने भएको छ।
यही भदौ १२ देखि १५ सम्म काठमाडौंमा भएको राष्ट्रिय भेलाले नेतृत्व चयन नगरी २०४ जना केन्द्रीय सदस्य मात्रै टुंगो लगाएको थियो।
केन्द्रीय कमिटीको मंगलबार बसेको पहिलो बैठकले नेतृत्व छान्ने गरी काठमाडौंको भेला सकिएको थियो। तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गर्दा पनि वाईसीएलको नेतृत्व टुंगो लागेको थिएन।
त्यहीकारण उक्त भेलाले मंगलबारको पहिलो केन्द्रीय कमिटी बैठकबाट अध्यक्षसहितका पदाधिकारी छान्ने निर्णय लिएको थियो। प्रचण्डको उपस्थितिमा आज भएको बैठकले पनि नेतृत्व छान्न नसकेपछि राष्ट्रिय सम्मेलनको नयाँ मिति तोकिएको हो।
राष्ट्रिय सम्मेलनको मिति तय भएसँगै यसअघि काठमाडौं भेलाबाट चयन भएका २०४ केन्द्रीय सदस्य आयोजक कमिटीमा परिणत भएका छन्।
नेतृत्वको विषयलाई लिएर काठमाडौंको भेलास्थलदेखि माओवादी केन्द्रीय कार्यालय पेरिस डाँडासम्म चर्को विवाद भएपछि वाईसीएलले अध्यक्ष, महासचिव र उपाध्यक्षसहितका पदाधिकारी छान्न सकेको थिए।
तर मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको उपस्थितिमा काठमाडौंमा बसेको पहिलो केन्द्रीय कमिटी बैठकले फेरि राष्ट्रिय सम्मेलन गरेर नयाँ नेतृत्व छान्ने निर्णय गरेको हो।
त्यही आधारमा मंगलबार वाईसीएलको राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठन गरिएको हो। आयोजक कमिटीको संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुवोध सेर्पाली तोकिएका छन्।
नेतृत्वको विषयमा तीव्र विवाद भएपछि अघिल्लो हप्ता चार दिन चलेको सम्मेलनले २०४ सदस्यीय केन्द्रीय समिति मात्रै चयन गरेको थियो।
वाईसीएलबाट लामो समयपछि रामप्रसाद सापकोटा ‘दीपशिखा’ले विदा लिँदा नयाँ नेतृत्वका लागि चर्को विवाद भएको थियो।
वाईसीएलको नयाँ अध्यक्षमा वर्तमान उपाध्यक्ष देवकोटा र महासचिव सेर्पालीबीच संघर्ष भएको थियो। देवकोटालाई अध्यक्ष बनाउने तयारी प्रचण्डले गरे पनि वाईसीएलको विवाद मिल्न सकेको थिएन।
वाईसीएलले पदाधिकारी चयन गर्न नसकेपछि फागुनमा राष्ट्रिय सम्मेलन गर्ने गरी आयोजक कमिटी बनाएको हो।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
Leave a Reply