१० बुँदे धेरै ठाउँमा कार्यान्वयन भइसक्यो, बाँकी हामी मिलाउँछौं :भीम रावल
१२ असोज, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले असार २७ मा भएको १० बुँदे सहमति धेरै ठाउँमा कार्यान्वयन भइसकेको बताएका छन्।
१० बुँदे सहमति कार्यान्वयन, एमाले केन्द्रीय सदस्यमा नयाँ मनोनयन र विधान महाधिवेशनका क्रममा आउने समस्या समाधानका लागि बनाइएको कार्यदल संयोजक रावलले अब विस्तारै सबै मिल्दै जाने बताए।
आजको बैठकमा हामीले १० बुँदे सहमति कार्यान्वय र विधान महाधिवेशनबारे छलफल गरेका छौँ , रावलले एमाले केन्द्रीय कार्यालय थापाथली हाइटमा बसेको कार्यदल बैठकपछि भने, त्यसका लागि उपयुक्त विधि र संरचनागत समाधानका समाधानका उपाय पनि खोजिएको छ।
रावलले समस्या देखिएका ठाउँमा समाधान गर्दै जाने पनि बताएका छन्। ‘जहाँ जहाँ समस्या छन् त्यही अनुसार समाधान गर्छौँ’, उनले भने’नीतिगत व्यवस्था गरेर हामी मिलाउँछौँ।
उनले १० बुँदे धेरै ठाउँमा कार्यान्वयन भएको दोहोर्याए। ‘१० बुँदे कार्यान्वयन धेरै ठाउँमा भएको छ, उनले भने जुन ठाउँमा कार्यान्वयन भएको छैन। त्यहाँ पनि कार्यान्वयन गरेर लैजान्छौँ।
रावलले सुदूरपश्चिमको इन्चार्ज विवाद पनि नीतिगत रुपमा मिलाएर लैजाने बताए। ‘त्यहाँको विवाद पनि नीतिगत रुपमा एकमुष्ट मिलाएर लैजान्छौँ’, उनले भने समस्या देखिएका ठाउँमा समाधान खोज्दै जाने हो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply